ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एसईईको नतीजा सार्वजनिक : साढे १७ हजार विद्यार्थीले ल्याए ३.६० देखि ४ जीपिए

Jun 28, 2019  
समाचार शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा देशभरका सामुदायिक तथा निजी विद्यालयबाट १७ हजार ५८० विद्यार्थी ३ दशमलव ६ देखि ४ जीपीए ल्याउन सफल भएका छन् । परीक्षाका कुल सहभागी ४ लाख ५९ हजार २७५ विद्यार्थीमध्ये उक्त संख्याले यो नतीजा हासिल गरेको बिहीवार सार्वजनिक परीक्षाफलले देखाएको हो । प्रकाशित नतीजाअनुसार ५१ हजार १३७ विद्यार्थीले ३ दशमलव २० देखि ३ दशमलव ६ जीपीए ल्याएका छन् । यस्तै ६३ हजार ७४१ विद्यार्थी २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए ल्याउन सफल भएका छन् । साथै ७६ हजार ५६४ जनाले २ दशमलव ४० देखि २ दशमलव ८० र ९८ हजार २०७ जनाले २ देखि २ दशमलव ४० जीपीए ल्याएका छन् । कुल विद्यार्थीमध्ये २ देखि २ दशमलव ४० जीपीए ल्याउने सबैभन्दा बढी छन् । यसैगरी ४३ हजार ८४१ जनाले १ दशमलव २० देखि १ दशमलव ६० र ४ हजार ४२९ जनाले शून्य दशमलव ८० देखि १ दशमलव २० जीपीए ल्याएका छन् । ८ हजार ४६९ विद्यार्थीको भने विभिन्न कारण नतीजा प्रकाशित नभएको परीक्षा नियन्त्रक कार्यालयले बताएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार परीक्षाको मर्यादाविपरीत कार्य गर्ने र गलत विवरण भरी आवेदन दिने दुई परीक्षार्थीको सबै विषय तथा ४८ परीक्षार्थीको विभिन्न विषयको परीक्षा रद्द गरिएको छ ।

प्राविधिक शिक्षातर्फ ६९८ विद्यार्थीले ३ दशमलव ६ देखि ४ जीपीए, २ हजार १७७ विद्यार्थीले ३ दशमलव २० देखि ३ दशमलव ६० जीपीए, ३ हजार ३५ विद्यार्थीले २ दशमलव ८० देखि ३ दशमलव २०, २ हजार ४५४ विद्यार्थीले २ दशमलव ४० देखि २ दशमलव ८०, ९०८ विद्यार्थीले २ देखि २ दशमलव ४० र ९८ विद्यार्थीले १ दशमलव ६० देखि २ जीपीए ल्याएका छन् । प्राविधिक धारतर्फ २६२ परीक्षार्थीको नतीजा सार्वजनिक हुन बाँकी छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नियमित र प्राविधिकतर्फ गरी कुल ८ हजार ४६९ परीक्षार्थीको नतीजा सार्वजनिक नभएको बताए । प्रकाशित नतीजामा चित्त नबुझेमा विद्यार्थीले नतीजा प्रकाशित भएको १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्ने बताइएको छ । यसका लागि विद्यार्थीले प्रतिविषय रू. ५ सय शुल्क तिर्नुपर्नेछ । गत वर्षहरूमा असार पहिलो साता नै एसईईको नतीजा सार्वजनिक हुने गरेको थियो । तर यसपटक प्रदेश नं २ मा पुनः परीक्षा लिएकाले नतीजा प्रकाशनमा ढिलाइ भएको बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)