ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जेठ मसान्तमा ७ योजनाले सूचिकृत शेयरमा लगानी घटाए,लक्ष्मी म्युचुअल फन्डका दुई योजना घाटामा

Jun 29, 2019  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १४, काठमाडौं(अस) । जेठ मसान्तको विवरण सार्वजानिक गरेका सात म्युचुअल फन्ड मध्ये लक्ष्मी म्युचुअल फन्डका दुई योजना बाहेक बाँकी योजनाले कुल आय नाफामा रहेको छ । कुल आय गरेका योजनाले आम्दानी बढाएपछि आय बढेको हो । सा योजना मध्ये छ योजनाले वैशाख मसान्तको तुलनामा सूचिकृत शेयरमा लगानी घटाएका छन् भने लक्ष्मी इक्वीटी फन्डले बढाएको छ । सात ओटै योजनाको प्रति इकाई खुद सम्पती मूल्य वैशाख मसान्तको तुलनामा जेठ मसान्तमा घटेको छ । पाँच योजनाको एनएभि भने रू. १० भन्दा बढी रहेको छ । एनआइसि एशिया बैंक अन्तर्गत संचालन भएको एनआइसि एशिया ग्रोथ फन्डले रू. ८ करोड १७ लाख कुल आय गरेको छ । योजनाले वैशाख मसान्तमा रू. ९ करोड ८४ लाख कुल आय गरेको थियो । योजनाको कुल आय वैशाखको तुलनामा घटेको छ । योजनाले रू. १० करोड १० लाख आम्दानी गर्दा रू. १ करोड ९३ लाख खर्च गरेको छ । योजनाले लाभांशबाट रू. ७ करोड ४९ लाख आम्दानी गरेको छ भने रू. २ करोड ६० लाख आम्दानी प्राप्त गर्न बाँकी रहेको छ । योजनाले विभिन्न कम्पनीमा रू. ५२ करोड ३७ लाख लगानी गरेको छ । दोस्रोमा लक्ष्मी इक्वीटी फन्डले जेठ मसान्तमा रू. १४ करोड ९४ लाख कुल व्यय गरेको छ । योजनाले वैशाख मसान्तमा रू. ११ करोड ४४ लाख कुल व्यय गरेको थियो । वैशाखको तुलनामा नोक्सान जेठमा बढेको छ । योजनाको रू. १२ करोड २६ लाख आम्दानीमा नोक्सान भएको छ भने रू. २ करोड ६८ लाख खर्च छ । योजनाको लाभांश आम्दानीबाट रू. ६ करोड आएको छ भने रू. १८ करोड २८ लाख आउन बाँकी नोक्सानमा राखिएको छ । योजनाले लाभांशबाट पाएको रकम भन्दा पाउन बाँकी रकम धेरै भएकाले कुल व्यय हुन पुगेको हो । योजनाले विभिन्न कम्पनीमा रू. ७६ करोड ५७ लाख लगानी गरेको छ । रकम रू. हजारमा  
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)