ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लघुवित्त मर्जरको प्रभाव : दोस्रो बजारको शेयरमूल्य वृद्धि घट्दो

Jun 30, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको शेयर दोस्रो बजारमा विगतमा भन्दा निकै कम मूल्यमा किनबेच हुन थालेको छ । पहिले आईपीओ जारी गरी शेयर बजारमा सूचीकृत भएपछि कुनै बेला १० प्रतिशत मूल्य वृद्धि भई सर्किट ब्रेक लाग्ने अवस्था थियो । सबैजसो कम्पनीको मूल्य हजारभन्दा माथि पुग्ने गरेकोमा गत वैशाखयता भने ६ सयभन्दा माथि पुगेको पाइँदैन । आईपीओको मूल्य हजार नाघेपछि विक्री गर्ने सोच बनाएका लगानीकर्ताले वैशाखयता लघुवित्तको शेयर दोस्रो बजारमा ५–६ सयमा विक्री गरेको बताए । ८ सय पुग्दा नबेचेको शेयर पैसा आवश्यक भएपछि ४ सयमा बेच्न पनि गाह्रो भएको एक लगानीकर्ताले सुनाए । पहिले मागभन्दा आपूर्ति कम भएकाले प्रतिशेयर आम्दानी निकै कम भए पनि मूल्य भने निकै बढी थियो । बैंकहरूको दाँजोमा ईपीएस कम भएका लघुवित्तको शेयरको मूल्य बैंकको दाँजोमा निकै गुणा बढी भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले असन्तोष व्यक्त गरेका थिए । बजारमा यसले गर्दा पनि शेयर मूल्य प्रभावित भएको लगानीकर्ताको भनाइ छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई मर्जरमा जान प्रोत्साहन गरेकाले त्यसको असर बजारमा परी लघुवित्तको शेयर आपूर्ति बढेको देखिन्छ । कम्पनीहरू मर्जरमा गएपछि एकीकृत कारोबार शुरू नहुउन्जेल शेयर कारोबार रोक्का गरिन्छ । त्यसैले यस्ता शेयर राख्दा भन्दा बेच्दा फाइदा हुने देखेर केही लगानीकर्ताले शेयर बेचेको पाइन्छ । त्यस्तै अल्पकालीन लगानीकर्ताले लघुवित्तको शेयर बेच्दा बजारमा आपूर्ति बढेर मूल्य घटेको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकआपसमा मर्जरमा जान निर्देशन दिएसँगै कतिपय कम्पनीहरूले मर्जरको प्रस्ताव गरेका छन् । लघुवित्त कम्पनीको संख्या बढी भएपछि राष्ट्र बैंकले यस्ता थप कम्पनी स्थापनाको स्वीकृति दिन रोक लगाएको छ । बजारमा सूचीकृत भएका र राष्ट्र बैंकबाट स्वीकृति पाएका कम्पनीहरूलाई समेत मर्जरमा जान निर्देशन दिइएको छ । कतिपय लघुवित्तले आफ्नो साधारणसभामा मर्जरको प्रस्तावसमेत राखेका छन् । वैशाखदेखि असारसम्म नेप्सेमा आठ कम्पनीको ३ करोड ७ लाख ८१ हजार १८ कित्ता आईपीओ सूचीकृत भएको छ । यिनमा आठ कम्पनी र तीन जलविद्युत् कम्पनी छन् भने पाँचओटा लघुवित्त कम्पनी छन् । १ हजारसम्म पनि पुगेन पाँच लघुवित्तको शेयरमूल्य गतवर्षहरूमा लघुवित्तको आईपीओमा उच्च आवेदन पर्ने गरेको थियो । आवेदन त अहिले पनि पर्ने गरेको छ, तर दोस्रो बजारमा यस्ता कम्पनीको शेयरमूल्य भने गतवर्षहरूको तुलनामा बढ्न सकेको छैन । गतवर्षहरूमा लघुवित्तको शेयरमूल्य उच्च पुग्ने गरेको थियो भने हाल कुनै सूचीकृत शेयरको मूल्य रू. ५ सय पुगेपछि विक्री गर्ने लगानीकर्ता आउने गरेका छन् । यसअघिका लघुवित्तहरूले लगानीकर्तालाई उच्च लाभांश दिने गरेका थिए । तर अहिलेका लघुवित्तले अपेक्षित लाभांश दिन नसक्ने वित्तीय विवरणमा देखिएपछि आकर्षण घटेको एक लगानीकर्ताले बताए । नेपाल एग्रो लघुवित्त जेठ ३ गते नेप्सेमा सूचीकृत भई जेठ ५ गते नेप्सेले प्रतिकित्ता रू. ३ सय १० दशमलव ४४ मा मूल्य रेन्ज तोकेको थियो । आईपीओ सूचीकृतपछि दोस्रो बजारमा कारोबार गर्न खरीद तथा विक्री आदेशबीच तालमेल मिल्नुपर्ने हुन्छ । तर कम्पनीको शेयर विक्री गर्ने लगानीकर्ता नभएकाले कारोबार १६ दिनसम्म हुन सकेको थिएन । जेठ २९ गतेदेखि कारोबार हुन थालेका कम्पनीको शेयरमूल्य ८ दिनसम्म बढेको थियो । तिनै दिनमा विक्रीकर्ता आएका हुन् । शेयरमूल्य रू. ४८७ पुगेपछि उनीहरू शेयर विक्री गर्न आएका हुन् । हाल कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५०१ पुगेको छ । त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्थाको ७ लाख ७५ हजार कित्ता आईपीओ जेठ १३ गते नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको शेयरलाई नेप्सेले २७८ को मूल्य रेन्ज तोकेको थियो । नेप्सेमा जेठ १९ गतेदेखि कारोबार भएको कम्पनीको शेयर असार ११ गतेसम्म १२ दिन कारोबार भएको छ । कारोबार शुरू भएको १ सातामै कम्पनीको ७५० कित्ता शेयर खरीदविक्री भएको थियो । शेयरमूल्य प्रतिकित्ता रू. २७९ बाट शुरू भई रू. ५११ सम्म पुगेको थियो । हाल कम्पनीको शेयरमूल्य रू. ४०५ पुगेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)