ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कलेज छान्न दौडधुप

Jul 2, 2019  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । एसईई परीक्षामा ३ दशमलव ४५ जीपीए ल्याएकी इरिस एकेडेमी काठमाडौंकी जुनु दुलाल यतिबेला कलेज छान्न व्यस्त छिन् । विज्ञान विषय पढ्ने सोचअनुसार अहिले उनी कलेजमा पुगेर कोर्स, शुल्क, सुविधालगायतको व्यवस्थाबारे बुझ्न थालेकी हुन् ।

विषयअनुसार जीपीए नम्बर पुगेका विद्यार्थी यतिबेला विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षामध्ये के पढ्ने र कहाँ पढ्ने भनेर भ्याई नभ्याई कलेज छान्न व्यस्त छन् । नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुलेसँगै यतिबेला विद्यार्थी, अभिभावक, कलेजहरूको समेत चटारो बढेको छ । विद्यार्थी र अभिभावक सहुलियत शुल्क भएको, गुणस्तरीय पढाइ हुने, सुविधासम्पन्न र विश्वासिलो कलेजको खोजीमा छन् भने कलेजहरू ठूलो छूट दिएरै भए पनि उत्कृष्ट विद्यार्थी आफ्नोमा तान्ने प्रयासमा छन् ।

यही मेसोमा नयाँ बानेश्वरस्थित प्रिमियर कलेजले ११ कक्षामा भर्ना हुने विद्यार्थीलाई छात्रवृत्ति दिन असार १९ गते परीक्षा लिन लागेको छ । कलेजले विद्यार्थीको रुचिअनुसार विषय छनोटका लागि परामर्श समेत दिने गरेको छ । कलेजका शैक्षिक निर्देशक राजकुमार आचार्यका अनुसार मेडिकल साइन्स पढ्न चाहनेलाई बायोलोजी, आईटीसम्बन्धी चासो हुनेलाई कम्प्युटर साइन्स र व्यवस्थापनमा चाख भएकालाई म्यानेजमेन्ट विषय पढ्न परामर्श दिने गरिएको छ ।

नयाँ बानेश्वरकै नोबल एकेडेमीले ११ कक्षामा सरकारले तोकेको बाहेक कुल ६ सय विद्यार्थीमध्ये ३ सय जनालाई नम्बरिङको आधारमा आंशिक र पूर्ण छात्रवृत्ति दिने भएको छ । एसईईमा उत्तीर्ण एकल महिला, उत्कृष्ट विद्यार्थी, गरीब तथा जेहेनदार, दलित, शहीद परिवार लगायत शीर्षकमा छात्रवृत्ति तथा शुल्क छूटको व्यवस्था गरिएको विद्यालयका निर्देशक उत्तम भौकाजीले बताए । यसरी विभिन्न विद्यालयले ग्रेडिङलाई ध्यानमा राखेर छात्रवृत्ति तथा छूटको व्यवस्था गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)