ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थगन भएको अपर तामाकोशीको ११ औं वार्षिक सभा असार ३१ गते

Jul 2, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १७, काठमाडौं(अस) । गत असार ११ गते स्थगन भएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ११ औं वार्षिक साधारण सभा असार ११ गते हुने भएको छ । कम्पनीको सभामा गणपुरक संख्या नपुगेकाले सभा स्थगित भएको थियो । कम्पनीले सभाको लागि शेयरधनीहरुलाई विहान ११ बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बोलाएको छ । कम्पनीले सभामा वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालकमा निर्वाचन गर्न सभा बोलाएको छ । कम्पनीले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक लगायत अन्य संस्थाहरुलाई सञ्चालन समितिको निर्णयले गरेको सहयोग रकमलाई अनुमोदन गर्ने विशेष प्रस्तावमा राखेको छ । कम्पनीको साधारण सभामा असार ११ गतेसम्मका शेयरधनीहरुले भाग लिन पाउनेछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)