ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी औषधिको मूल्य घटाइने

Jul 6, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २१, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने विषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिएका छन् । ‘हामीले यस बारेमा काम गरिरहेका छौं, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको छ’, उनले सम्वाददाताहरुसँग भने । आफ्नो देशमा बन्ने औषधि संसारका अरु देशको भन्दा पुरानो भएको उनले बताए । उनले भने, ‘हामीलाई थाहा नै छ कि अरु देशहरुले औषधिका लागि सस्तो मूल्य तिरीरहेका छन् तर हामीले त्यो भन्दा महंगो रकम खर्च गर्नु परिरहेको छ, कहिलेकहीं त ६० देखि ७० प्रतिशतसम्म पनि उनीहरुले सस्तोमा औषधि पाइरहेका छन् । ’ उनले औषधि कम्पनीहरुले लामो समयदेखि फाइदा मात्र उठाइरहेको पनि बताए । तर पनि अमेरिकी औषधि कम्पनीहरुबाट छिमेकी देशहरु क्यानाडा, मेक्सिकोहरुले फाइदा भने लिइरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए । रासस /एएफपी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)