सनराइज र नेपाल बैंकले मागे वार्षिक डिम्याटको शुल्क
Jul 6, 2019
 
लगानी
असार २१, काठमाडौं(अस) । सनराइज बैंक र नेपाल बैंक लिमिटेडले डिम्याट खाताको वार्षिक शुल्क माग गरेका छन् ।
नेपाल बैंकले डिम्याट खोलेका सम्पूर्ण ग्राहकहरुलाई असार ३१ गतेभित्र रू. १०० बैंकको कुनै पनि शाखामा बुझाउन सूचना जारी गरेको छ । साथै, बैंकले मेरो शेयर लिएका हितग्राहीहरुलाई रू. ५० भुक्तानी गरी नविकरण गर्न आग्रह गरेको छ ।
त्यसैगरी, सनराइज बैंकले पनि आफ्ना हितग्राहीलाई वार्षिक शुल्क बुझाउन सूचना जारी गरेको छ । बैंकले असार ३१ गतेभित्र रू.१०० बैंकको कुनै पनि शाखामा बुझाउन आग्रह गरेको छ । बैंकले मेरो शेयरको सेवा शुल्क नविकरण रू. ५० समेत गरी बुझाउन हितग्राहीहरुलाई आग्रह गरेको छ ।