ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आँधिखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ खुला, सर्वसाधारणलाई कति ?

Jul 7, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २२, काठमाडौं(अस) आँधिखोला लघुवित्त वित्तीय संस्थाको आइतवार (असार २२ गते) देखि आईपीओ खुला भएको छ । उक्त कम्पनीले ४ लाख कित्ता आईपीओ खुला गरेको हो । जसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै, २० हजार कित्ता म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस कम्पनीको आईपीओमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाबाट कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । आईपीओ विक्री पश्चात् चुक्ता पूँजी रू. १० करोड पुग्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)