९ वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, २० करोड कारोबार हुँदा नेप्से ४.८१ अंकले घट्यो ( १ बजेको अपडेट)
Jul 7, 2019
 
लगानी
असार २२, काठमाडौं (अस) । साताको पहिलो दिन कारोबार भएको दोस्रो घण्टाको अवधिमा १५१ कम्पनीको रू. २० करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ ।
नेप्से परिसूचक ४ दशमलव ८१ अंक घटेको छ । १ हजार २६० दशमलव ९५ विन्दुबाट शूरु भएको परिसूचक १५ मिनेटमा बढेर १ हजार २६३ दशमलव ८३ विन्दुसम्म पुगेको थियो ।
सो विन्दुमा नेप्से टिक्न नसकि घटेर १ हजार २५५ दशमलव ६८ विन्दुमा आइपुगेको छ । यस अवधिसम्म कारोबार भएका १० समूहको परिसूचक वित्त र म्युचुअल फन्ड परिसूचक बाहेक अरुको घटेको छ । नौ वाणिज्य बैंकको सर्वाधिक कारोबार हुँदा कारोबार रकम बढेको हो ।