असार २२, काठमाडौं(अस) । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले आव २०७४/ ७५ को मुनाफाबाट १५ दशमलव ८९ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको असार २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र बैंकको आगामी साधारण सभाले पारीत गरेपछि शेयरधनीले पाउनेछन् ।
हाल बैंकको चुक्ता पूँजी रू. ७ अर्ब १ करोड छ । १५ दशमलव ८९ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू. ८ अर्ब १३ करोड पुग्नेछ ।