ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सप्तकोशी र कावेलीको संयुक्त कारोबार शुरू

Jul 8, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
मोरङ । मोरङमा केन्द्रीय कार्यालय रहेको सप्तकोशी विकास बैंक र धनकुटामा केन्द्रीय कार्यालय रहेको कावेली विकास बैंकबीच मर्जर सम्पन्न भई आइतवारदेखि संयुक्त कारोबार शुरू भएको छ । मर्जर सम्झौता अनुसार कावेली विकास बैंकको दर्ता नम्बर रहनेछ र सप्तकोशी बैंकको नाम रहनेछ । विराटनगरमा सप्तकोशी बैंकले एक कार्यक्रमको आयोजना गरी संयुक्त कारोबारको शुरुआत गरेको हो । कार्यक्रममा सप्तकोशी विकास बैंकका अध्यक्ष तारानाथ निरौलाले मर्जर भन्ने तर एक्विजिशन जस्तो गर्ने प्रवृत्तिलाई तोड्दै कावेली र सप्तकोशी दुवैको गरिमा रहने गरी मर्जर सम्पन्न गरेको दाबी गरे । सप्तकोशी विकास बैंकका कार्यकारी अधिकृत नवीन सुवेदीले हाल ७८ करोड रुपैया“ रहेको बैंकको चुक्ता पू“जी रू.१ अर्ब २० करोड पु¥याएर प्रदेशस्तरको बैंक बन्ने योजना रहेको बताए । बैंकको हाल शाखा संख्या २७ छ र बैंक ७ जिल्लामा पुगेको छ । बैंकका करीब ९० हजार निक्षेप सदस्य र साढे ५ हजार संख्यामा ऋणी ग्राहक छन् । बैंकले आगामी वर्ष १२ शाखा थप गर्ने योजना बनाएको छ । कार्यक्रममा राष्ट्र बैंकका कामु निर्देशक ईश्वरकुमार कटुवालले राष्ट्र बैंकको मर्जर र एक्युजिशनको नीतिले बैंक तथा वित्तीय संस्थाको संख्या घट्दै गएको बताए । उनका अनुसार हाल २८ बाणिज्य बैंक, ३१ विकास बैंक र २४ फाइनान्स सञ्चालनमा छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)