ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्रिटिस एअरवेजलाई अहिलेसम्मकै ठूलो जरिवाना

Jul 8, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २३, लण्डन (बेलायत) । बेलायती विमान कम्पनी ब्रिटिस एयरवेजलाई लाखौं यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै अहिलेसम्मकै ठूलो जरिवाना गरिएको छ । कम्पनीको स्वामित्व ग्रहणकर्ता इन्टरनेशनल एअरलाइन्स ग्रुप (आईएजी)ले सोमवार एयरवेजलाई १८ करोड ३० लाख ३९ हजार पाउण्ड स्टर्लिङ जरिवाना गरिएको जानकारी दिएको हो । बेलायतको इन्फरमेशन कमिश्नरर्स अफिस (आईसीओ)ले गत वर्ष ल्याएको तथ्यांक सुरक्षाको नयाँ नियमअनुसार एयरवेजलाई जरिवाना गरिएको हो । ह्याकरले गत वर्ष विमानका लाखौं यात्रुहरूको तथ्यांक तथा बैंक विवरण चोरी गरी कानूनविपरीत काम गरेको पाइएको थियो । एयरवेजले आफ्ना प्रयोगकर्ताको तथ्यांकको सुरक्षा गर्न नसकेको आरोप लगाइएको छ । कम्पनीको सुरक्षा प्रणाली कमजोर भएको कारण नै ह्याकरले यात्रुको तथ्यांक चोरी गरेको आईसीओको ठहर छ । आईएजीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बेलायतको तथ्यांक  संरक्षण ऐन अनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई कुल १८ करोड ३० लाख ३९ हजार पाउण्ड स्टर्लिङको जरिवाना गरिएको छ ।’ आईएजीका अनुसार यो जरिवाना रकम ब्रिटिस एयरवेजको सन् २०१७ मा भएको खूद मुनाफाको १ दशमलव ५ प्रतिशत बराबर हो । जरिवानाको समाचार बाहिरिएसँगै सोमवार आईएजीको शेयरको भाउमा पनि कमी आएको छ । रासस/ एएफपी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)