असार २४, काठमाडौं (अस) । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओमा मंगलवार सम्म मात्र दिन सकिने छ । उक्त संस्थाको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले मंगलवार नै विक्री बन्द गर्न लागिएको विक्री प्रबन्धक प्रभु क्यापिटलले बताएको छ ।
उक्त क्यापिटलले यसअघि आह्वानपत्र जारी गर्दा छिटोमा असार २५ गते र ढिलोमा साउन १९ गतेसम्म आवेदन दिन पाउने उल्लेख गरेको थियो ।
सोमवार सम्ममा उक्त संस्थाको आईपीओमा मागभन्दा ३० गुणा बढी आवेदन परेको थियो । विक्री प्रबन्धक प्रभुु क्यापिटलका अनुसार आईपीओमा २ लाख १३ हजार ८३७ आवेदकबाट ३७ लाख ५१ हजार २५० कित्ताको लागि आवेदन परेको छ ।
मंगलवार यस संस्थाको आईपीओमा बैंकिंग समय सम्म मात्र आवेदन दिन पाइने भएकोले आवेदन दिनेको संख्या अझै बढ्ने देखिएको छ । घोडीघोडा लघुवित्तले सर्वसाधारणका लागि १ लाख २४ हजार ५९० कित्ता आईपीओ विक्रीमा ल्याएको हो ।