ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिन आविश्कारमा एकल स्वामित्वको अधिकारलाई मजबुत पार्दै

Jul 9, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २४, बेइजिङ । चीनले बौद्धिक सम्पत्तीको अधिकार अन्तर्गत एकल स्वामित्व अधिकारलाई संरक्षणलाई थप मजबुत पार्ने बताएको छ । चीनले सन् २०१९ को पहिलो छ महीनामा ६ हजार ५२९ एकल स्वामित्व उल्लंघनसम्बन्धी मुद्दाहरूको अनुसन्धान गरेको चिनियाँ बौद्धिक सम्पत्ति प्रशासनले मंगलवार एक पत्रकार सम्मेलनमा बताएको छ । सन् २०१९ को पहिलो छ महीनामा चीनमा कुल २ लाख ३८ हजार आविस्कारको एकल स्वामित्व अधिकार प्राप्त गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ९ दशमलव ९ प्रतिशत बढी हो । चीनको विश्वप्रसिद्ध टेलिकम कम्पनी हुवावे टेक्नोलोजी कम्पनी लिमिटेडले यस बर्षको पहिलो छ महीनामा २ हजार ३१४ आविस्कारमा एकल स्वामित्वको अधिकार प्राप्त गरी चिनियाँ मूख्य भूभागमा प्रथम स्थानमा उभिन सफल भएको कम्पनीको दावी रहेको छ । रासस/ सिन्ह्वा
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)