असार २६, काठमाडौं(अस) । एभरेष्ट इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको बाँडफाँट भएको छ । कम्पनीले असार २५ गते हकप्रद शेयरको बाँडफाँट गरेको हो ।
कम्पनीले जेठ १४ गते देखि असार १६ गते सम्म ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सो अवधिभित्र आवेदकले रितपूर्वतक ७६ लाख ८९ हजार ६५६ कित्ताको लागि आवेदन गरेको थिए ।
कम्पनीले बाँकी रहेको ५ लाख २९ हजार ८१९ कित्ता शेयर लिलामी विक्री गर्नेछ । विक्री प्रबन्धकमा क्यापिटल लिमिटेड रहेको छ ।