ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयरलाई ग्रेड ३ रेटिङ

Jul 11, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २६, काठमाडौं (अस) । एनएलजी इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । कम्पनीले ६० प्रतिशत हकप्रद शेयर जारी गर्नको लागि रेटिङ गराएको हो । ग्रेड ३ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतमा रहेको देखाउँछ । कम्पनीले पूँजी वृद्धिका लागि ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर जारी गर्ने प्रस्ताव कम्पनीले साधारण सभाबाट पारीत गरेको छ । रू. १०० अंकित दरको ३८ लाख ४२ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. ६४ करोड ४ लाख छ । ६० प्रतिशत हकप्रद शेयर निष्कासन पछि पूँजी रू. १ अर्ब पुग्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)