१२४८.५७ बिन्दुमा नेप्से, रू. ४ करोड बरावरको शेयर खरीद विक्री( १२ बजेको अपडेट)
Jul 11, 2019
 
लगानी
असार २६, काठमाडौं(अस) । हप्ताको अन्तिम दिन कारोबार भएको १ घण्टाको कारोबार अवधिमा नेप्से परिसुचक १ हजार २४८ दशमलव ५७ बिन्दुमा रहेको छ ।
सो अवधिमा १०० कम्पनीको रू. ४ करोड ४० लाख बरावरको शेयर खरीद विक्री भएको छ । सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको प्रतिकित्ता रू. ६८७ मा रू. ७३ लाख ८५ हजार बरारबको शेयर कारोबार भएको हो ।
करोबारमा आएका १० समूहमध्ये जलविद्युत कम्पनी,अन्य समूह र जीवन बीमा कम्पनीको परिसुचक बढेको छ भने बाँकी समूहको घटेको छ ।