असार २६, काठमाडौं(अस) । आँधिखोला लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा १४ दशमलव ५५ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर जारी गरेको थियो ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार यस आईपीओमा ३ लाख ८ हजार ४१४ जना आवेदकले ५४ लाख ५७ हार ३४० कित्ता शेयर का लागि आवेदन दिएका छन् ।
अहिले आवेदनहरु प्रमाणिकरणको काम भईरहेको जानकारी दिदैं क्यापिटलले विक्री बन्द भएको एक साताभित्र बाँडफाँट गर्ने तयारी भएको समेत बताएको छ ।
यस कम्पनीले कुल ४ लाख कित्ता शेयरमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित राखेर २० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी सर्वसाधारणमा जारी गरेको हो ।