असार २६, काठमाडौं(अस) । सप्तकोशी डेभलपमेन्ट बैंकको सिईओमा नविन सुवेदी नियुक्त भएका छन् । बैंकको असार २२ गते बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई सिईओमा नियुक्त गरेको हो ।
सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंक बिच एक आपसमा मर्जर कार्य सम्पन्न भएकाले नयाँ कम्पनीको नाम सप्तकोशी डेभलपमेन्ट बैंकको नामबाट कारोबार गर्न स्वीकृती पाएको थियो ।
उनको कार्यकाल असार २२ गते देखि लागू हुने गरी आगामी चार वर्षको लागि हुनेछ । उनी साविक सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ थिए ।