ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरन व्यवसायीलाई औजार वितरण

Jul 22, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । परम्परागत आरन पेशालाई व्यावसायिक र आधुनिक बनाउन म्याग्दीको मालिका गाउँपालिकाले आरन व्यवसायीलाई ६ लाख रुपैयाँ बराबरको औजार र अन्य उपकरण उपलब्ध गराएको छ । गाउँपालिकाले कृषि औजार निर्माण तथा मर्मतमा आवश्यक बेल्डीङ, कटिङ, ग्रेन्डर, जेनेरेटर, पंखा लगायत वितरण गरेको हो । सात ओटै वडाका ३० जनालाई निःशुल्क औजार र उपकरण उपलब्ध गराएको गाउँपालिकाले उल्लेख गरेको छ । एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, दरवाङका वडा अध्यक्ष सन्तोष सुवेदी, जिल्ला स्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समितिका सदस्य छवि विश्वकर्माले व्यवसायीहरूलाई औजार वितरण गरेका थिए । गाउँपालिकाले औजारका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन भए पनि १ लाख ६ हजार रुपैयाँ बराबरको सामान आइनसकेको जानकारी दिएको छ । प्राप्त उपकरण र औजारबाट उद्योग सञ्चालनमा सहज हुने तथा लागत र श्रम घट्ने आरन व्यवसायीको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)