ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीगत लाभकर गणनाको कागजी प्रक्रिया हटाउने सहमति 

Jul 24, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

साउन ८, काठमाडौं (अस) । पूँजीगत लाभकर गणनाको कागजी प्रक्रिया हटाउने सहमति भएको छ । बुधवार नेपाल धितोपत्र बोर्डमा भएको सर्वपक्षिय छलफलमा हाल कार्यान्वयनमा आईसकेको कागजी गणना प्रक्रिया हटाउने सहमति भएको हो । पूँजीबजार प्रविधिमैत्री बनिसकेको अवस्थामा लाभकर गणना प्रक्रिया कागजी प्रक्रियामा लैजाने निर्देशनप्रति असन्तुष्ट लगानीकर्ता संघका प्रतिनिधिहरुसहित नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रतिनिधिहरु सहित बोर्डले छलफल कार्यक्रम गरेको हो । 

साउन १ गतेदेखि धितोपत्र कारोबारमा पूँजीगत लाभकर गणना गर्दा भारित औषत लागतको आधारमा गणना गर्नुपर्ने व्यवस्था अुनसार स्पष्ट आधार नहुँदा समस्या हुँदै आएको थियो । धितोपत्र कारोबारको राफसाफ गर्दै आएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले २०७२ साल माघ २ गते अघिको शेयरमा लाभकर गणनाको लागि स्पष्ट आधार नभएको भन्दै स्वयम् लगानीकर्तालाई लाभकर गणना गरी बुझाउन निर्देशन दिएको थियो । सिडिएसका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बुधवार भएको सहमति अनुसार अहिलेसम्म भएको कारोबारका आधारमा निश्चित मूल्य तोकिने भएको छ । उनका अनुसार छलफलको निचोड भनेको लाभकर गणना प्रक्रिया अटोमेशन प्रणालीमार्फत हुने व्यवस्था गर्न पहल गरिने हो ।

यसका लागि २०७२ माघ २ गते वा ०७६ असार ३१ गतेको शेयरको अन्तिम मूल्यको आधारमा निश्चित मूल्य तोकिने प्रवक्ता न्यौपानेले जानकारी दिए । यो सहमति कार्यान्वयनका लागि पूँजीबजार सम्बद्ध निकायको सञ्चालक समितिले पारित गरी अर्थमन्त्रालय र आन्तरिक राजस्व कार्यालयमा पठाइनेछ उनले भने ।

लगानीकर्ताहरुले कागजी प्रकृयामार्फत पूँजीगत लाभकर गणना गरी राफसाफ नगर्न आग्रह गरे पनि राफसाफ भैरहेको छ । सिडिएसले दिएको जानकारी अनुसार लगानीकर्ता आफैले गणनाको प्रक्रिया पुरा गरी मूल्य खुलाएमा सोही आधारमा र नखुलाउने सदस्यको अंकित मूल्यकै आधारमा राफसाफ हुँदै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)