ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कात्तिकभित्र विधान संशोधन अगाडि बढाउने महासंघको निर्णय

Aug 4, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी कात्तिकभित्र विधान संशोधनको विषयलाई अगाडि बढाउने निर्णय गरेको छ । महासंघको कार्यकारिणी समितिको १२ औं बैठकले महासंघको विद्यमान विधानको प्रक्रियामा रहेर संशोधनको विषयलाई अगाडि बढाउने भएको हो ।

बैठकले चारओटा नगर उद्योग वाणिज्य संघलाई महासंघको जिल्ला नगर उवासंघ सदस्यता प्रदान गर्ने तथा दुईओटा वस्तुगत संघलाई महासंघको वस्तुगत र १० ओटा उद्योग प्रतिष्ठानलाई महासंघको एशोसिएट सदस्यता दिने निर्णय गरेको छ । 

बैठकले सरकारले लागू गरेको भीसीटीएस प्रणाली, आयकर ऐनको स्थायी लेखा नम्बर (प्यान), ढुवानीमा मूल्य अभिवृद्धि कर, सामाजिक सुरक्षा योजना लगायत अनिवार्य व्यवस्थालाई सहज बनाउन आग्रह गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाले विशेषगरी सानो व्यापार व्यवसाय गरिरहेका व्यवसायी व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेकाले आर्थिक ऐनमार्फत ल्याइएका व्यवस्था व्यवसायी सक्षम बनेपछि मात्र पूर्ण रूपमा लागू गरिनुपर्ने उल्लेख गरिन् । 

बैठकले विशेषगरी भीसीटीएस प्रारम्भमा भन्सार विन्दु र ठूला उद्योगमा मात्र लागू गर्न, प्यान नम्बर वर्षभरि नै काम गर्ने कामदार÷कर्मचारीमा मात्र लागू गर्न र रू. १० हजारसम्मको पारिश्रमिकमा स्थायी लेखा नम्बर आवश्यक नपर्ने व्यवस्थाका लागि महासंघबाट पहल गर्ने निर्णय गरेको महासघंले जानकारी दिएको छ । 

यस्तै, बैठकले आर्थिक ऐनका नयाँ व्यवस्थाबाट उद्योग व्यवसायमा पर्न गएको समस्या र उद्योग व्यवसाय गर्न नसकिने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

उद्योग व्यवसायसम्बन्धी नीतिनियम ल्याउ“दा अनिवार्य निजीक्षेत्रको सुझाव लिएर मात्र ल्याउन सरकारलाई आग्रह गर्नेे निर्णय  पनि बैठकले पारित गरेको छ । महासंघको उद्योग वाणिज्य परिषद् र वस्तुगत परिषद्को बैठकबाट उठेका भूमिसुधार ऐन, बैंकिङ ब्याजदर, फर्मदर्ता नवीकरण लगायतका विषयबाट उद्योग व्यवसायमा उत्पन्न समस्या समाधानका लागि महासंघका तर्फबाट सम्बन्धित मन्त्रालय÷निकायको गम्भीर ध्यानाकर्षण गराइएको महासंघले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)