ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौद्रिक नीतिको सहुलियतले देखिएन उत्साह

१६ जोडी बैंक तथा वित्तीय संस्था मर्जर र प्राप्तिको प्रक्रियामा

Aug 4, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । पछिल्लो समय १६ जोडी बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको प्रक्रियामा जुटेका छन् । नेपाल राष्ट्र बैंकको हालसम्मको तथ्यांकअनुसार मर्जर तथा प्राप्तिको सैद्धान्तिक सहमतिपत्र (एलओआई) लिने प्रक्रियामा उक्त कम्पनीहरू जुटेका हुन् । 

१६ जोडीमध्ये ८ जोडी प्राप्ति र बाँकी ८ जोडी मर्जर प्रक्रियामा छन् । प्राइम कमर्शियल बैंकले कैलाश विकास बैंक, विजय लघुवित्तले स्वेडा लघुवित्त, सिटिजन्स बैंकले सहयोगी विकास बैंक, शाइन रेसुंगा विकास बैंकले भार्गव विकास बैंक र ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएका छन् । यसैगरी, सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त, एनआरएन लघुवित्त, रमारोशन लघुवित्त र क्रियटिभ लघुवित्त, आरम्भ लघुवित्त र चौतारी लघुवित्त, कालिका लघुवित्त र जनसेवी लघुवित्तका साथै एनएमबी बैंक र ओम् डेभलपमेन्ट लगायत बैंकले भने मर्जरका लागि कदम चालेका हुन् । उक्त संस्थाहरूमध्ये केहीले सैद्धान्तिक सहमति पाइसकेका छन्, तर अन्तिम स्वीकृति पाउन बाँकी छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले मर्जरमा जान गरेको प्रोत्साहनले बैंकहरू खासै उत्साहित भएका छैनन् । यद्यपि मौद्रिक नीतिपछि एक जोडी लघुवित्त कम्पनी भने प्राप्ति प्रक्रियाका लागि राष्ट्र बैंक पुगेका छन् । उन्नति लघुवित्तले सहकार्य लघुवित्तलाई किन्ने सम्झौता (एमओयू) भएपछि साउन १० गतेदेखि शेयर कारोबार समेत रोक्का गरिएको थियो । तर नेपाल राष्ट्र बैंकमा उनीहरूले सैद्धान्तिक सहमतिपत्र (एलओआई)का लागि भने आवेदन दिइसकेका छैनन् । यसबाहेक हालसम्म अरू बैंक तथा वित्तिय संस्था मर्जर तथा प्राप्तिको प्रस्ताव लिएर नआएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

मौद्रिक नीतिले मर्जरलाई प्रोत्साहनस्वरूप सहुलियत दिएपछि मर्जर तथा प्राप्तिमा बैंक तथा वित्तीय संस्थाहरू आउने अपेक्षा नेपाल राष्ट्र बैंकको थियो । तर अपेक्षा गरेअनुसार बैंकहरू मर्जर तथा प्राप्ति प्रक्रियामा नगएपछि अहिले केन्द्रीय बैंक फेरि नैतिक दबाब दिने तयारीमा जुटेको छ । मर्जरमा दबाब दिने उद्देश्यले क्रश होल्डिङ (एउटै व्यक्तिको एकभन्दा बढी संस्थामा लगानी) भएका बैंक तथा वित्तीय संस्थामा शून्य दशमलव १ प्रतिशत संस्थापक शेयर स्वामित्व भएकाहरूको विवरण संकलन गरिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । उनका अनुसार राष्ट्र बैंकले एक बैंकमा लगानी भएको व्यक्तिको अर्को बैंकमा कति लगानी छ भन्ने पत्ता लगाएर धेरै शेयर स्वामित्व भएका व्यक्तिको विवरणको आधारमा सम्बन्धित बैंकलाई मर्जरका लागि दबाब दिने हो । 

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरू गरेपछि २०७६ जेठ मसान्तसम्म १ सय ६५ बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये १ सय २३ संस्थाहरूको इजाजत खारेज हुन भएर ४२ संस्था कायम भएका छन् । हालसम्म २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी र ९१ लघुवित्त वित्तीय संस्था गरेर कुल १ सय ७५ बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)