ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिका र चीन बीचको व्यापारयुद्धको असर 

Aug 5, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्यले रेकर्ड तोडेको छ । गत असारमा प्रतितोला रू. ६५ हजार ५०० पुगेको सुनको मूल्य आइतवारसम्म आउँदा रू. ६६ हजार ३०० पुगेको छ, जुन हालसम्मकै सबैभन्दा बढी हो ।

गत शुक्रवार सुनको मुल्य प्रतितोला रू. ६५ हजार ८०० पुगेको थियो । अन्तरराष्ट्रिय बजारमै सुनको मुल्य बढ्नु तथा डलरका तुलनामा भारतीय रूपैयाँ कमजोर हुनुले नेपालमा सुनको मूल्य बढेको हो । विश्व बजारमा गत शुक्रवार प्रतिऔंश १४३१ दशमलव ८० डलर रहेको सुनको मूल्य आइतवारसम्म आउँदा प्रतिऔंश १४४१ डलर पुगेको छ । 

यसअघि सुनको मूल्य प्रतितोला रू. ६३ हजार ३०० सम्म पुगेको इतिहास छ । २०७० भदौ १२ र गत फागुन ८ गते सुनको मुल्य सो विन्दुमा पुगेको थियो । यसबीच सुनको कारोबार प्रतितोला रू. ५० हजारदेखि रू. ६० हजारबीच भएको पाइन्छ । २०७३ मा भने सुनको मूल्य प्रतितोला रू. ४७ हजार २०० सम्म झरेको थियो ।

एक वर्ष अघि शुरू भएको अमेरिका र चीनबीचको व्यापार युद्ध अझै साम्य भएको छैन । अमेरिकी सरकारले चीनबाट आयात हुने ३ खर्ब रूपैयाँ बराबरको सामानमा अतिरिक्त रूपमा १० प्रतिशत भन्सार लगाउने निर्णय गरेको छ । साथै, फेडरल रिजर्भ बैंक अफ अमेरिकाले निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको छ । यसैगरी पारमाणविक सम्झौताका विषयमा अमेरिका र इरानबीचको विवाद लगायतका कारणले गर्दा विश्व अर्थतन्त्र तथा शेयर बजारमा ह्रास आइरहेको छ । यस्तो बजार अवस्थामा लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित गर्न सुन किनेर होल्ड गर्ने गरेका छन्, जसका कारणले सुनको मूल्य बढेको हो । 

पहिले यस मौसममा ५० केजीसम्म सुन खपत हुने गरेको थियो तर, अहिले बढीमा १५ केजी मात्र सुन खपत हुने गरेको सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । यस्तै, महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले तीजको समयमा सुन महँगिदा व्यवसायी थप मर्कामा पर्ने बताए । अहिले बजारमा सुनका गहना किन्नेभन्दा उल्टै विक्री गर्ने ग्राहकको संख्या बढेको व्यवसायी बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)