ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रूकुमका गाउँ–गाउँमा निःशुल्क इन्टरनेट सेवा

Aug 9, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल

रूकुम । गाउँगाउँमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने सरकारी नीतिअनुसार पश्चिम रूकुमका गाउँगाउँमा वाईफाई डिभाइस जडान गरिएको छ । वर्ल्डलिंक कम्युनिकेशनले जिल्लाका १८७ सरकारी एकाइमा इन्टरनेट जडान गरेको हो । 

पश्चिम रूकुमका जिल्ला अस्पतालसहित ४३ स्वास्थ्य संस्था, ६५ सामुदायिक विद्यालय, ७३ वडा कार्यालय र ६ स्थानीय तहमा वाईफाई डिभाइस जडान गरिएको वर्ल्डलिंकका परियोजना सहायक रूपेश बुढाथोकीले जानकारी दिए । उनका अनुसार नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गतको ग्रामीण दूरसञ्चार शाखाले कर्णाली प्रदेशका पश्चिम रूकुमसहित जाजरकोट, कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला तथा ५ नम्बर प्रदेशका पूर्व रूकुम र रोल्पा गरी ९ जिल्लामा निःशुल्क वाईफाई जडान गर्ने जिम्मा वर्ल्डलिंकलाई दिएको छ ।

नगर तथा गाउँपालिका कार्यालय, वडा कार्यालय, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र मावि तहसम्म पठनपाठन हुने विद्यालयमा वाईफाई डिभाइस जडान भएको हो । वल्र्डलिंकले २०७५ वैशाखदेखि पश्चिम रूकुमलगायत अन्य जिल्लामा इन्टरनेट सेवाका उपकरण जडान थालेको थियो ।

कर्णालीका सातमध्ये पश्चिम रूकुम, जाजरकोट, कालीकोट र जुम्लामा इन्टरनेट जडान कार्य सकिएको छ । ५ नम्बर प्रदेशको रोल्पामा पनि इन्टरनेट जडान कार्य सम्पन्न भएको कर्णाली परियोजना प्रमुख किरण देवकोटाले उल्लेख गरे । पूर्व रूकुम र कर्णालीका डोल्पा, हुम्ला तथा मुगुमा इन्टरनेट जडान कार्य जारी रहेको उनले बताए । ‘भौगोलिक विकटता, बिजुली अभाव लगायत कारणले केही जिल्लामा इन्टरनेट जडानमा ढिलाइ भइरहेको छ,’ उनले भने, ‘तैपनि हामीले निर्धारित समयमा नै आप्mनो काम सम्पन्न गर्नेछौं ।’

इन्टरनेट जडानका लागि डिभाइस, राउटर, एडप्टर र तारको व्यवस्थापन वर्ल्डलिंकले गर्छ । ४ हजार ३०० मिटर उचाइसम्मका भूभागमा टावर राखिएकाले अब यी ९ जिल्लाका कुनै पनि वडा इन्टरनेट सेवाबाट वञ्चित नहुने वर्ल्डलिंकका प्राविधिकको भनाइ छ । इन्टरनेट १ एमबीपीएस गतिमा चल्छ । नेपाल सरकारले ५१२ केबीपीएस गतिमा चल्ने इन्टरनेट जडान गर्ने कार्यादेश दिए पनि वर्ल्डलिंक कम्युनिकेशनले बढाएर १ एमबीपीएस गतिमा चल्ने बनाएको देवकोटाले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)