ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीका ४० पर्यटकीय गन्तव्य सार्वजनिक

Aug 9, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आकाश तारा बयक

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ४० पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । नेपाल भ्रमण वर्ष शुरू हुन साढे ४ महीना मात्रै बाँकी रहँदा प्रदेश सरकारले प्रदेशका उत्कृष्ट गन्तव्य सार्वजनिक गरेको हो । 

कर्णालीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले राजु कार्कीको संयोजकत्वमा पाँच सदस्यीय प्रादेशिक पर्यटन प्रवर्द्धन समिति गठन गरिएको मन्त्रालयले बताएको छ । समितिको सदस्यमा दिलबहादुर महत, देवराज जैशी, देवीकृष्ण रोकाया र सदस्य सचिवमा मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधान छन् । उक्त समितिले कर्णालीको समग्र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने मन्त्रालयको अपेक्षा छ । ‘नेपाल सरकारको २० लाख पर्यटक भित्र्याउने योजना सफल पार्न हामीले कर्णालीका ४० पर्यटकीय गन्तव्य छानेका हौं,’ कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले भने । उनले नेपाल भ्रमण वर्ष २०२० का लागि सदस्य देवराज जैशीको संयोजकत्वमा प्रचारप्रसार विभाग गठन गरिएको बताए । 

जनकराज शर्मालाई होटल ट्राभल तथा ट्रेकिङ व्यवस्थापन विभाग, देवीकृष्ण रोकायालाई मानव संसाधन विभाग, लंकबहादुर शाहीलाई आर्थिक विभाग दिलबहादुर महतलाई पर्यटकीय उत्पादन तथा सांस्कृतिक विभागको जिम्मा दिइएको वातावरण मन्त्री बुढाले बताए । उनका अनुसार मन्त्रालयले ५ जना ख्यातिप्राप्त व्यक्तित्वलाई कर्णालीको साथीको रूपमा ‘गूड वेल एम्बासडर’ समेत चयन गरिनेछ । उक्त कार्यक्रम सञ्चालन गर्न संघीय सरकारबाट बजेट आउने र अपुग रकम प्रदेश सरकारबाटै उपलब्ध गराइने उनको भनाइ छ । ‘बढीभन्दा बढी पर्यटक कर्णालीमा ल्याउने हाम्रो योजना छ,’ उनले भने, ‘त्यसका लागि प्रादेशिक पर्यटन प्रवर्द्धन समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।’ उनले प्रदेशका १० ओटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । उनका अनुसार प्रदेश सरकारले भदौ २५ गते माथिल्लो डोल्पामा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)