ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य बैंकको सम्भावित लाभांश क्षमता औसतमा १८.९२%

राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा बढी

Aug 18, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७५/७६ को मुनाफाबाट २८ वाणिज्य बैंकले औसतमा १८ दशमलव ९२ प्रतिशत लाभांश वितरण गर्ने देखिएको छ । ती कम्पनीको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणको आधारमा यस्तो सम्भावना देखिएको हो । २८ कम्पनीमध्ये सबैभन्दा बढी सम्भावित लाभांश क्षमता राष्ट्रिय वाणिज्य बैंकको छ । गत आवमा रू. ३ अर्ब ६१ करोड ७३ लाख ९२ हजार वितरणयोग्य नाफा रहेको कम्पनीको सम्भावित लाभांश ४० दशमलव १७ प्रतिशत छ । तर यो कम्पनीको शेयर होल्डर सरकारमात्र हो ।

हालसम्म सर्वसाधारणलाई शेयर जारी नगरेको राष्ट्रिय वाणिज्य बैंकको चुक्तापूँजी रू. ९ अर्ब ४७ लाख ९५ हजार छ । यस बैंकले गत आवमा रू. ५ अर्ब ३२ करोड ८३ लाख ७१ हजार खुद नाफा गरेको छ । हालसम्म प्रकाशित वित्तीय विवरणको आधारमा सबैभन्दा बढी खुद नाफासमेत यही बैंकको छ ।
नबिल बैंक र नेपाल बैंकले पनि ३५ प्रतिशत लाभांश क्षमता कायम गरेका छन् । रू. ९ अर्ब १ करोड १८ लाख ४५ हजार चुक्तापूँजी रहेको नबिल बैंकको वितरणयोग्य नाफा रू. ३ अर्ब १८ करोड ४६ लाख ३९ हजार छ । कम्पनीको लाभांश क्षमता ३५ दशमलव ३४ प्रतिशत छ । गत आव उसले रू. ४ अर्ब २९ करोड ४१ लाख ८१ हजार खुद नाफा गरेको छ ।

नेपाल बैंकले गत आवको मुनाफाबाट ३५ दशमलव १७ प्रतिशत लाभांश दिन सक्ने वित्तीय विवरणमा देखिएको छ । कम्पनीको वितरणयोग्य नाफा रू. ३ अर्ब ४५ करोड १२ लाख ८३ हजार रहेको वित्तीय विवरणमा उल्लेख छ । हाल चुक्तापूँजी रू. ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रहेको कम्पनीले गत आवमा रू. २ अर्ब ६१ करोड १९ लाख ८० हजार खुद नाफा गरेको छ । हालसम्मको अवस्था हेर्दा सबैभन्दा कम लाभांश क्षमता सेन्चुरी बैंकको छ । गत आव रू. ८६ करोड ८ लाख २२ हजार खुद नाफा गरेको उक्त बैंकको वितरणयोग्य नाफा रू. ५३ करोड ५१ लाख २८ हजार छ । कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार छ । गत आवको वितरणयोग्य नाफाको आधारमा उसको सम्भावित लाभांश ६ दशमलव ३६ प्रतिशत छ । 
वाणिज्य बैंकले पु¥याउनुपर्ने रू. ८ अर्ब चुक्तापूँजी हालसम्म नपु¥याएको एनसीसी बैंकको १७ दशमलव शून्य ९ प्रतिशत लाभांशको क्षमता छ । तोकिएको चुक्तापूँजी पु¥याउन कम्पनीले अघिल्लो आव २०७४/७५ को मुनाफाबाट १५ दशमलव ८९ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न भदौ २३ गते वार्षिक साधारणसभा बोलाइएको छ । कम्पनीले उक्त बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कम्पनीहरूले खुद नाफाबाट जगेडाकोषमा २० प्रतिशत र सामाजिक सुरक्षा कोष (सोसियल सेक्युरिटी फन्ड)मा १ प्रतिशत छुट्याएपछि बाँकी रकम वितरणयोग्य नाफा (डिस्ट्रब्युटेबल प्रोफिट)को रूपमा छुट्याउनुपर्नेछ । उक्त रकमबाट कम्पनीहरूले लाभांश वितरण गर्न सक्नेछन् ।

सम्भावित लाभांश मापन विधि
जगेडा रकम (२०∞)    = कम्पनीको खुद नाफाको २० प्रतिशत
सामाजिक सुरक्षा कोष (१∞)   =vकम्पनीको खुद नाफाको १ प्रतिशत
वितरण योग्य मुनाफा   =   खुद नाफा–(जगेडा रकम (२०∞)+सामाजिक सुरक्षा कोष (१∞))
सम्भावित लाभांश    =  वितरण योग्य मुनाफा/कुल शेयर संख्या


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)