ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१ करोड २५ लाख लागतमा मिट मार्ट सञ्चालनमा

Aug 21, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भक्तबहादुर शाही

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित बीपी चोकमा मंगलवारदेखि १ करोड २५ लाख लगानीमा मिट मार्ट सञ्चालनमा आएको छ । प्रदेश नम्बर ५ का कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्री आरती पौडेलले मार्टको उद्घाटन गरेकी हुन् । 

उद्घाटनमा मन्त्री पौडेलले किसानद्वारा उत्पादित खसी र कुखुरा खपत गर्न मिटमार्टले सहयोग पुर्‍याउने बताइन् । भारतबाट आयात गरिने खसी र कुखुराले गर्दा स्थानीय कृषकको व्यवसायलाई नोक्सान भएकोमा अब ती किसानलाई यसले सहयोग पुर्‍याउने उनको भनाइ थियो । सञ्चालकलाई आग्रह गर्दै उनले भनिन्, ‘अब सबै व्यवासायीले स्थानीय कृषकका खसीकुखुरा किनिदिनुहोला ।’ नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमसेर राणाले  अत्याधुनिक मिटमार्ट सञ्चालनमा आउँदा स्थानीय किसानको उत्पादन खपत हुनुका साथै जनताले सफा, स्वच्छ र शुद्ध मासु खान पाउने बताए ।  उपमहानगरपालिकाले मासु पसलहरूलाई व्यवस्थित गर्न खोजेका बेला यस्ता मिट मार्ट सञ्चालनमा आउँदा अरूलाई पनि प्रोत्साहन मिल्ने उनको विचार थियो । 

कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, जय माता वागेश्वरी इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष निरन्जन राजभण्डारी र वरिष्ठ पशु चिकित्सक हरिबहादुर कुँवरले मासुको माग बढ्दै गएका बेला मिट मार्ट सञ्चालनले यस क्षेत्रका किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताए । प्रदेश कृषि मन्त्रालयको ५० लाख रुपैयाँ र व्यवसायीको ७५ लाख रुपैयाँ लगानीमा मिटमार्ट सञ्चालन गरिएको सञ्चालक दीपेन्द्रराज श्रेष्ठले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)