ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इटहरीमा होटल र रेस्टुराँ बढ्दै

Aug 25, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । पछिल्लो समय सुनसरीको इटहरीमा होटल तथा रेस्टुराँ व्यवसाय फस्टाउँदै गएको छ । इटहरीका मुख्य चोक र आसपासमा ठूलो लगानीमा दर्जनभन्दा बढी होटल तथा रेस्टुराँ सञ्चालनमा आएका छन् । 

शहरी बासिन्दा रेस्टुराँ वा होटलमा बनाइएका रेडिमेड खानामा आकर्षित हुन थालेसँगै होटल र रेस्टुराँको संख्या बढ्न थालेको हो । अहिले इटहरी बजारदेखि तरहरा क्षेत्रसम्म अहिले ठूलो लगानीमा रेस्टुराँहरू खुलिरहेका छन् । केही समयअगाडि आँपगाछीमा खुलेको मझेरी होटलले बजार लिएसँगै होटल तथा रेस्टुराँ खुल्ने क्रम बढेको व्यवसायीको भनाइ छ । 

इटहरीको इम्पेरियल लाउन्ज रेस्टुराँ ठूलो लगानी भएको रेस्टुराँ हो । सबै सुविधासहित उत्कृष्ट रेस्टुराँ सञ्चालनमा ल्याएको इम्पेरियल लाउन्जका सञ्चालक गोपाल गिरिको भनाइ छ । त्यस्तै, कलाकार अर्जुन कार्कीले हिमाली क्षेत्रका खानेकुरा पाइने मुस्ताङ हाउस रेस्टुराँ सञ्चालनमा ल्याएका छन् । कार्कीका अनुसार हाउसमा हिमाली खानासँगै नेपाली मौलिक संस्कृति झल्काउने कलाकृतिले सजिएको शान्त वातावरण पाइनेछ । कार्कीले मुस्ताङ हाउसको सम्पूर्ण खर्च करीब १ करोड रुपैयाँ नाघेको बताए ।

इटहरीको मुख्य चोकमा सञ्चालित बिग बार इटहरीको अर्को ठूलो लगानीको रेस्टुराँ हो । रेस्टुराँका सञ्चालक किरण बुढाथोकी भन्छन्, ‘स्थानीय पर्यटक प्रवद्र्धनका लागि रेस्टुराँ सञ्चालनमा ल्याएका हौं ।’ पछिल्लो समय होटल तथा रेस्टुराँमा जानेहरू बढेको उनले बताए । 

त्यस्तै इटहरीको आँपगाछीमा ठूलो लगानीमा बगान होटल सञ्चालनमा आएको छ, जसले इटहरीमा फास्टफूडका आइटम उपलब्ध गराउँछ । घरमा खानेकुरा बनाउन अल्छी मान्ने अधिकांश आजकल फास्टफूडको सौखिन बनेको होटल सञ्चालकको  भनाइ छ । पछिल्ला दुई वर्षमा करोडौंका सुविधासम्पन्न होटल खुल्ने लहर चलेको होटल व्यवसायी संघका निवर्तमान अध्यक्ष अनुरोध थापाले बताए । 

निजीक्षेत्रबाट होटल व्यवसायमा करोडौं लगानी भइरहे पनि सुरक्षामा राज्यले ध्यान नदिएको व्यवसायीको गुनासो छ । इटहरीमा पर्यटन भिœयाउने सम्भावना भए पनि स्थानीय सरकारको ध्यान पुग्न नसकेको व्यवसायी बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)