ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२५ विकास बैंकको नाफा औसत ३४.७९% बढ्यो

चार विकास बैंक प्राप्ति गर्दै तीन वाणिज्य बैंक

Aug 25, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे

काठमाडौं । गत आव २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका २५ विकास बैंकको नाफा औसत ३४.७९ प्रतिशत बढेको छ । बैंकहरूले अघिल्लो आव २०७४/७५ को तुलनामा गत आव उक्त नाफा बढाएका हुन् । अघिल्लो आवमा रू. ५ अर्ब ७३ करोडभन्दा बढी नाफा कमाएका यी बैंकले गत आवमा रू. ७ अर्ब ७२ करोडभन्दा बढी नाफा कमाएका छन् । प्रकाशित विवरणमा कामना सेवा विकास बैंकबाहेक बाँकी बैंकको नाफा बढेको छ । उक्त बैंकको नाफा अघिल्लो आवको तुलनामा १३ दशमलव १६ प्रतिशत घटेको छ । 

अघिल्लो आवको तुलनामा गत आवमा कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा सबैभन्दा बढी (३९० प्रतिशत) वृद्धि भएको छ । अघिल्लो आवमा रू. १ करोड ८८ लाख नाफा कमाएको बैंकले गत आवमा रू. ९ करोड २५ लाख कमाएको छ । बैंकले गत आवमा रू. ८ करोड ३१ लाख खराब कर्जा संकलन गरेपछि नाफामा उच्च वृद्धि भएको हो । बैंकले कारोबार रकम, थप निक्षेप लिने दिने तथा नयाँ कर्जा लगानी, बक्यौता साँवा–ब्याज असुलीका साथै आम्दानी बढाएको छ । तीनजिल्ले स्तरको इजाजत पाएको कम्पनीले चार शाखामार्फत आप्mनो कारोबार बढाउँदै गएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा सिन्धु विकास बैंक र तिनाउ मिशन डेभलपमेन्ट बैंकको नाफा उल्लेख्य बढेको छ । सिन्धु विकासको नाफा ११८ दशमलव ४९ र तिनाउ मिशनको १३९ दशमलव ८६ प्रतिशत बढेको हो । तिनाउ र मिशन डेभलपमेन्ट बैंक गाभिएर एकीकृत कारोबारपछि रू. १ करोड ५९ लाख खराब कर्जा संकलन हुँदा नाफा वृद्धि देखिएको हो । 

नेप्सेमा सूचीकृत चार विकास बैंकले हालसम्म गत आवको विवरण प्रकाशित गरेका छैनन् । विवरण प्रकाशित नगर्नेमा कर्णाली डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट, नेपाल कम्युनिटी र एनआईडीसी डेभलपमेन्ट बैंक छन् । गत आवको विवरण प्रकाशित गर्दा कुनै बैंकले पुरानो मोडलमा र कुनैले एनएफआरएस मोडलमा निकालेका छन् ।  

गाभ्ने–गाभिने तथा प्राप्ति प्रक्रियामा रहेका विकास बैंकहरू
नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनमा जान प्रोत्साहन गरेपछि कतिपय कम्पनीको एकीकृत कारोबार शुरू भइसकेको छ भने हाल ९ ओटा विकास बैंक यसको प्रक्रियामा छन् । बैंकहरू धेरै भएको भन्दै मर्जरमा जान केन्द्रीय बैंकले सुझाव दिएपछि एकजिल्ले, तीनजिल्ले र राष्ट्रियस्तरका विकास बैंकहरू एकआपसमा मर्जर तथा एक्विजिशन प्रक्रिया शुरू गरेका हुन् । 

तीन वाणिज्य बैैंकले विकास बैंकलाई प्राप्ति गर्न लागेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सहयोगी विकास बैंक, एनएमबी बैंकले ओम डेभलपमेन्ट र प्राइम कमर्शियल बैंकले कन्काई विकास बैंक तथा कैलाश विकास बैंकलाई प्राप्तिका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 
नेपाल कम्युनिटी डेभलपमेन्ट र तिनाउ विकास बैंकले मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । साथै शाइन रेसुंगा डेभलपमेन्ट, पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकले एकआपसमा गाभ्न–गाभिन सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)