ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकले १५ % लाभांश वितरण गर्ने, गत आवको लाभांश घोषणा गर्नेमा पहिलो 

Aug 26, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

साउन ९, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । गत आव २०७५/ ७६ को लाभांश वितरणमा वाणिज्य बैंकमध्ये पहिलो सिटिजन्स बैंक भएको छ ।

हालसम्म सो आवको लाभांश वितरण अन्य बैंकले भने गरेका छैनन् । सञ्चालक समितिको ३०८औं  बैंठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा १३औं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने छ ।

बैंकले आफ्ना शेयरधनीहरुलाई गत आवको वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रु. १ अर्ब ४५ लाख २७ हजार ७७३ नगद लाभांश र तीन प्रतिशतले हुने रु. २५ करोड ११ लाख ३१ हजार ९४३ बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

उक्त बैंकका अनुसार  गत आवमा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । उक्त बैंकले सोहि अवधिभित्र रु.१ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’वर्गको इजाजत प्राप्त  सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक सम्झदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको बताएको छ । 

संघीयतालाई दह्रो  र सहज बनाउन भूमिका निर्वाह गरेको  भन्दै उक्त बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ ओटा शाखाहरु बिस्तार गर्ने योजना  रहेको बताएको छ ।

      


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)