ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङको पर्यटन उद्योगमा २ अर्ब लगानी

Sep 9, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङको पर्यटन उद्योगमा झन्डै रू. २ अर्बको लगानी भएको छ । पर्यटन उद्योगका रूपमा रहेका जिल्लाका ठूला तथा साना होटल तथा रेस्टुराँमा रू. १ अर्ब ९१ करोड ९५ लाख ३९ हजार ५०० लगानी भएको हो । 

घरेलु तथा साना उद्योग कार्यालयमा मात्रै दर्ता भएका ८३६ ओटा होटल तथा रेस्टुराँमा  मात्रै रू.४१ करोड ९५ लाख ३९ हजार लगानी भएको छ । जिल्लाका दश स्थानीय तहमध्ये नौ ओटा स्थानीय तहमा उक्त लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत वामदेव शर्माले बताए । 

जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिकाभित्र ३८५ ओटा पर्यटन उद्योग दर्ता भएका छन्, जसमा रू. १९ करोड ८४ लाख १२ हजार ६०० लगानी भएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाभित्र १७१ पर्यटन उद्योगमा रू. ९ करोड २८ लाख २२ हजार २००, लमही नगरपालिकाभित्र ११३ पर्यटन उद्योगमा रू. ६ करोड ७४ लाख ७ हजार ५००, गढवा गाउँपालिकाभित्रका ५० पर्यटन उद्योगमा रू. १ करोड ५४ लाख ६८ हजार र राप्ती गाउँपालिकाभित्रका ५७ पर्यटन उद्योगमा रू. ३ करोड ५० लाख १ हजार ९०० लगानी भएको छ ।

त्यसैगरी शान्तिनगर गाउँपालिकाभित्रका १८ पर्यटन उद्योगमा रू. ७८ लाख ४० हजार, दंगीशरण गाउँपालिकाभित्रका ३ पर्यटन उद्योगमा रू. ६८ लाख ४७ हजार र ववई गाउँपालिकाभित्रका १८ पर्यटन उद्योगमा ५८ लाख रुपैयाँ लगानी भएको छ । पछिल्लो समय जिल्लामा होटल तथा रेस्टुराँ दर्ता गर्ने क्रम बढेको उद्योग अधिकृत शर्माले बताए । ‘कार्यालयमा दर्ता हुन आएका होटल तथा रेस्टुराँको तथ्यांकलाई हेर्ने हो भने बढेको देखिन्छ’, उनले भने । गएका आर्थिक वर्षमा मात्रै ११९ ओटा होटल तथा रेस्टुराँ दर्ता भएका छन् । जसबाट जिल्लाको पर्यटन उद्योगमा रू. १२ करोड १२ लाख लगानी थपिएको छ ।

सानो लगानीमा सञ्चालन हुने होटल तथा रेस्टुराँ मात्रै घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने गर्दछन् । तर करोडौंको लगानीमा सञ्चालन हुने ठूला होटलहरू भने सीधै भ्याटमा दर्ता हुने गरेका छन् । यसरी जिल्लामा ठूला लगानीका होटल पनि छन् । जिल्लाका ठूला होटल भिग्रेली भिलेज, होटल माला इन, सिटी प्लाजा, राप्ती सुपरलज, होटल हाइवे लगायत होटलमा करीब रू. १ अर्ब ५० करोड लगानी छ । 

जिल्लामा प्रत्यक्ष पर्यटन क्षेत्रसँग जोडिएका होटलहरू सञ्चालनमा आउने क्रम बढे पनि राज्यको तर्फबाट यसलाई अझ माथि उठाउने प्रयास हुन नसकेको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी बताउँछन् । राज्यले होटल व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नसके निकट भविष्यमा यो व्यवसाय धरासायी हुने उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)