ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषिमा लगानी गर्न उदयपुरका उद्योगीको आह्वान

Sep 13, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

विराटनगर । प्रदेश १ को उदयपुर जिल्लाका उद्यमी, व्यवसायी तथा कृषकले गाईघाट, कटारी र बेल नगरपालिकाका बजार क्षेत्रमा आलु, ताजा तरकारी र फलफूल लक्षित शीत भण्डारण गृह निर्माणका लागि निजीक्षेत्रलाई लगानी गर्न आह्वान गरेका छन् । कृषि उत्पादनमा प्रशस्त सम्भावना रहे पनि उत्पादन बढाउन नसकिएको भन्दै उनीहरूले लगानीका लागि आह्वान गरेका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ ले त्रियुगा उद्योग वाणिज्य संघको कार्यालय, गाईघाटमा कृषि क्षेत्रको प्रवर्द्धन र सम्भावित लगानीका क्षेत्र विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा कृषक, उद्योगी तथा व्यवसायीले बेसार, तेजपात/सिन्कौली, खसीबाख्रा, ताजा तरकारी, फूलखेती, जुसका लागि उखु तथा कृषि पर्यटनको व्यावसायिक उत्पादन तथा निर्यात प्रवर्द्धनमा निजीक्षेत्रको लगानी आवश्यक रहेको बताए । व्यावसायिक खरायोपालनमा लगानीको प्रशस्त सम्भावना रहेको उनीहरूले सुझाए । साथै, वैदेशिक रोजगारीबाट प्राप्त रकमलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित तथा प्रोत्साहन गर्न सुलभ र सहज रूपमा कृषि ऋण प्रदान गर्नुपर्ने उनीहरूको भनाइ छ । 

उदयपुरमा बाख्रा, बाँस र बेसारको सम्भावना बढी रहेकोमा व्यवसायीले जोड दिए । उनीहरूले अदुवा, डेरी तथा माछाका क्षेत्रमा समेत उदयपुर जिल्लामा सम्भावना रहेको, कृषि क्षेत्रलाई मुनाफामूलक दिगो व्यवसायका रूपमा विकास गर्नुपर्ने बजार माग र मापदण्ड अनुरूप आवश्यक परिमाणका कृषि उपजको उत्पादन तथा बजारीकरणमा जोड दिनुपर्ने बताए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य अविनाश बोहराले धरातलीय तथा हावापानीको विविधताका आधारमा सम्भावना खोजी गरी कृषिलाई प्रतिस्पर्धी क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए । उनले कृषि क्षेत्रलाई व्यावसायिक बनाई उद्योगमा परिवर्तन गरी गरीबी न्यूनीकरण र आर्थिक विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे । यसबाट खाद्य तथा अन्य कृषि वस्तुको आयात प्रतिस्थापन तथा उच्च मूल्यका कृषि उपजको निर्यात मार्फत व्यापारघाटा कम गर्न सकिने उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)