ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईपीओ निष्कासनमा अधिकांश जलविद्युत् : सात कम्पनीको आईपीओ स्वीकृत

Sep 15, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे

काठमाडौं । ४ करोड १४ लाख ४८ हजार ५०६ कित्ता आईपीओ निष्कासनका लागि १२ कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन्, जसमा आठ जलविद्युत् कम्पनी छन् भने तीन कम्पनी अन्य समूहको र एक मर्चेन्ट बैंक रहेको छ । आईपीओ निष्कासनका लागि २०७५ वैशाख १९ गते निवदेन दिएको सीबीआईएल क्यापिटल लिमिटेडले आवश्यक विवरण पेश नगर्दा स्वीकृतिमा ढिलाइ भएको बोर्डले जानकारी दिएको छ । थप विवरण माग गरिएकोमा कम्पनीले उपलब्ध नगराएको बोर्डले बताएको छ । इमर्जिङ नेपाल लिमिटेडको विवरण अध्ययनकै प्रक्रियामा छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल रिइन्स्योरेन्सले हालैमात्र निवेदन पेश गरेकाले विवरण अध्ययनको क्रममा रहेको बताइएको छ । 

बोर्डका अनुसार शिवश्री हाइड्रोपावर कम्पनी र माउन्टेन हाइड्रोपावर कम्पनीले छिट्टै आईपीओको स्वीकृति पाउने भएका छन् । यसको प्रक्रिया अन्तिम चरणमा पुगिसकेकाले केही दिनमै स्वीकृति पाउने बोर्डले बताएको छ । 

सात कम्पनीलाई विद्युत् नियमन आयोगको स्वीकृति
विद्युत् नियमन आयोगले सात जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति दिएको छ ।

आयोगका प्रवक्ता रामप्रसाद धितालका अनुसार ती कम्पनीले धितोपत्र बोर्डको स्वीकृतिपछि आईपीओ निष्कासन गर्नेछन् । आयोगबाट स्वीकृति पाउने जलविद्युत् कम्पनीमा माउन्टेन इनर्जी नेपाल, युनाइटेड आईडीआई मार्दी एन्ड आरबी हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, ग्रीनलाइफ हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, सिँगटी हाइड्रो इनर्जी र दोर्दी खोला जलविद्युत् कम्पनी छन् ।

आईपीओ स्वीकृतिका लागि आयोग पुगेको मैलुङ खोला जलविद्युत् कम्पनीको इक्रा रेटिङ पास नभएकाले अड्किएको आयोगले जानकारी दिएको छ । विद्युत् नियमन आयोगको नियमावली २०७५ को नियम अनुसार विद्युुत् उत्पादन प्रसारण वितरण वा व्यापारको काम गर्न अनुमित पाएका संस्थाले सार्वजनिक निष्कासनका लागि विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ ।

यस व्यवस्थाअघि जलविद्युत् कम्पनीहरूलाई नेपाल धितोपत्र बोर्डले नै स्वीकृति दिने गरेको थियो । जलविद्युत् कम्पनीको प्राथमिक बजारमा कम आवेदन पर्ने गरेको र दोस्रो बजारमा मूल्यवृद्धि हुन नसकेपछि विद्युत् नियमले यो व्यवस्था ल्याएको हो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)