ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समितिले तोके बमोजिमको चुक्तापूँजी : १७ निर्जीवन बीमा कम्पनीमध्ये १० ले मात्र पुर्‍याए

Sep 16, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपालमा हाल सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १५ बीमा कम्पनीहरू धितोपत्र बजारमा सूचीकृत छन् । बीमा समितिले गतवर्ष कारोबारका लागि अनुमति पाएका तीन निर्जीवन बीमा कम्पनीहरूबाहेक १७ ओटा कम्पनीलाई रू. १ अर्ब चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएको थियो । बीमा समितिको निर्देशन अनुसार गत असार मसान्तसम्म कम्पनीहरूले तोके बमोजिम चुक्तापूँजी कायम गर्नुपर्ने थियो । यस अवधिसम्मको वित्तीय विवरणलाई आधार मान्दा दुई विदेशी निर्जीवन बीमा कम्पनीहरू नेशनल इन्स्योरेन्स र दी ओरियन्टल इन्स्योरेन्स बाहेक १० ओटाले तोके बमोजिम चुक्तापूँजी कायम गरिसकेका छन् ।

दुई विदेशी निर्जीवन बीमा कम्पनीले समेत छुट्टै व्यवस्थाबाट समितिले तोके बमोजिम चुक्तपूँजी कायम गर्नुपर्नेछ । विदेशी बीमा कम्पनीले तोकेबमोजिम चुक्तापूँजी कायम नगरेसम्म कुनै प्रकारको लाभांश घोषणा गर्न र वितरण गर्न नपाउने व्यवस्था समितिले गरेको छ । विदेशी बीमा कम्पनीले न्यूनतम चुक्तापूँजी बराबरको निर्धारित पूँजी कायम गर्नुपर्नेछ । नेपालमा जीवनमा मेट लाइफ र निर्जीवनमा यी दुई कम्पनी गरी तीन कम्पनीले यो व्यवस्था बमोजिम पूँजी कायम गर्नुपर्नेछ ।

बीमा कम्पनीले समितिले तोके बमोजिम चुक्तापूँजी कायम गर्ने गरी पूँजीवृद्धि योजना पेश गरेका थिए । हकप्रद र बोनस शेयरमार्फत कम्पनीले पूँजीवृद्धि गर्ने योजना बनाएका थिए । बोनसका लागि बीमा समितिको स्वीकृतिपछि वार्षिक साधारणसभाले पारित गर्ने प्रक्रियापछि वितरण गर्न सकिने भए पनि हकप्रदका लागि नेपाल धितोपत्र बोर्डको समेत स्वीकृति पाउनुपर्ने कारण कतिपय कम्पनीहरू अलमलिएको देखिन्छ ।

अहिलेसम्म तोके बमोजिम पूँजी कायम गर्न नसक्नेमा राष्ट्रिय बीमा कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी रहेका छन् । राष्ट्रिय बीमा कम्पनीलाई आव २०७५/७६ सम्मको वार्षिक लेखा परीक्षण सम्पन्नपश्चात् वास्तविक अवस्था हेरेर मात्र लाभांश वितरणका लागि बीमा समितिले निर्देशन दिएको कम्पनीका सचिव कृष्णमणि आचार्यले बताए । उनका अनुसार हालसम्म कम्पनीले आव २०७२/७३ सम्मको वार्षिक लेखा परीक्षणको काम सम्पन्न भएको छ । बीमा समितिमा आव २०६८/६९ को वार्षिक प्रतिवेदन स्वीकृतिका लागि पेश गरेकामा हालसम्म स्वीकृति नपाएको सचिव आचार्यले जानकारी दिएका छन् ।

कम्पनीले आर्थिक वर्ष २०६८/६९ को मुनाफाबाट १२० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गर्दा समितिले कम्पनीको हिसाव किताब अद्यावधिक गरी फरफारक गर्ने कार्य जारी रहेकाले सम्पूर्ण हिसाब किताब अद्यावधिक गरी फरफारक नगरेसम्म कुनै प्रकारको लाभांश वितरण गर्न नसक्ने निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम कम्पनीले गत वर्षको असोज १९ गते आव २०६३/६४ देखि २०६७/६८ सम्मको संयुक्त साधारणसभा सम्पन्न गर्दै सो अवधिको वार्षिक प्रतिवेदनहरू पारित गरेको छ । २०७१ साल वैशाख २३ गते नेपाल सरकारको स्वामित्वमा रहेको बीमा संस्थान कम्पनीमा परिणत हुन सक्ने प्रावधान अन्तर्गत निर्जीवन व्यवसायलाई राष्ट्रिय बीमा संस्थानबाट अलग गरी राष्ट्रिय बीमा कम्पनीको रूपमा साउन १८ गतेदेखि छुट्टै सञ्चालनमा आएको हो । 

२०७५ असार मसान्तभित्र जीवन बीमा कमपनीलाई रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई रू. १ अर्ब चुक्तापूँजी कायम गर्न बीमा समितिले निर्देशन दिएको थियो । सो अवधिमा पूँजी कायम गर्न नसकेका कम्पनीहरूसँग समितिले गत साउन ७ गते स्पष्टीकरण माग गरेको थियो । अहिले समितिले चुक्तापूँजी नपुगेका कम्पनीका सञ्चालक, संस्थापक र आधारभूत शेयरधनीबाट अग्रिम रकम उठाउन समितिले निर्देशन दिएको छ । निर्जीवन बीमा कम्पनीमा चुक्तापूँजी पुर्‍याउन बाँकी पाँचमध्ये चार कम्पनीहरूले हकप्रद शेयरको बाटो रोजेका छन् । उक्त हकप्रदपछि कम्पनीहरूको तोकेबमोजिम चुक्तापूँजी कायम हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)