ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँकेका उद्योगमा १० अर्ब २१ करोड लगानी

Sep 19, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar भक्तबहादुर शाही

नेपालगञ्ज । बाँकेमा घरेलु तथा साना उद्योगमा रू. १० अर्ब २१ करोड ८९ लाख ५६ हजार लगानी भएको छ । जिल्लामा सञ्चालित ६ हजार ३९७ उद्योगमा उक्त लगानी भएको हो । 

प्रदेश नं. ५ उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका अनुसार बाँकेमा ६ हजार ३९७ ओटा उद्योग दर्ता भई सञ्चालनमा आएका छन् । साना उद्योग ६ हजार ३६४ दर्ता भएका छन् । यी उद्योगमा सबैभन्दा बढी रू. ८ अर्ब १५ करोड बढी लगानी भएको छ । १३ ओटा घरेलु उद्योगमा रू. ९३ करोड र ५० ओटा लद्यु उद्योगमा रू. २ अर्ब लगानी छ । घरेलु तथा साना उद्योगले बाँकेमा १२ हजार ९४२ जनालाई रोजगारी दिएका छन् ।
राज्यको अस्पष्ट नीति र सीमावर्ती भारतीय बजारबाट भित्रिने अवैध सामानको मारमा पर्दा लगानी थपिँदै गएको घरेलु तथा साना उद्योग व्यवसायी महासंघ बाँकेका सचिव मधु खड्काले जानकारी दिइन् । 

उनले भनिन्, ‘घरेलु उद्योगलाई प्रोत्साहन गर्न अझै लगानीको दायरा बढाउनुपर्छ । एकातिर राज्यको प्रोत्साहन नीति छैन, अर्कोतर्फ भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था नहुँदा उद्योगको अवस्था खस्किँदै गएको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)