ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोस्रो इस्ट टुरिजम मार्ट सम्पन्न, पर्यटन प्रवर्द्धनका लागि व्यवसायीबीच सम्झौता

Sep 24, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । धरानमा आयोजित ‘दोस्रो इस्ट टुरिजम मार्ट’ सोमवार सकिएको छ । गत शनिवारदेखि आयोजित मार्टमा सिक्किमको ट्राभल्स एन्ड टुर्स एशोसिएशन र धरानका पर्यटन व्यवसायीबीच सम्झौता भएको छ । 

सम्झौताअनुसार सिक्किमका साथै भूटान र बंगलादेशका पर्यटकलाई पूर्वका पर्यटकीय क्षेत्रमा घुमाउन ल्याउने र नेपाली पर्यटकलाई भारतका पर्यटकीय क्षेत्रहरूमा घुमाउन सहजीकरण गर्ने उल्लेख भएको छ । पर्यटन व्यवसायी वासुदेव बरालका अनुसार पर्यटन व्यवसायमा हुने बिचौलियालाई निरुत्साहित गर्दै पूर्वको पर्यटन व्यवसायमा यो सम्झौता कोशेढुंगा सावित भएको छ । उनले भने, ‘दुवै देशका पर्यटकलाई घुमाउन सम्झौतापत्रले सहज बनाएको छ, हामीलाई जिम्मेवार बनाएको छ ।’ 

छिमेकी मुलुकका टुर अपरेटरलाई पर्यटकीय गन्तव्यको परिचय नै गराउन नसकेकाले पूर्वको पर्यटन नफस्टाएको उनको भनाइ छ । मार्टले दुवै देशका पर्यटन व्यवसायीलाई नजीक बनाएको उनले बताए । धरानबाट सीधै गान्टोकसम्मको बस सञ्चालनमा ल्याउने पनि सम्झौता भएको उनले जानकारी दिए । उनले भने, ‘यसले विशेष गरी मेची कोरिडोरको पर्यटनलाई नयाँ ठाउँमा ल्याउन सहज हुने भएकाले फाइदा हुन्छ ।’

त्यसैगरी बुढासुब्बा प्याराग्लाइडिङ प्रालि र काठमाडौंको ट्राभहिल डटकम प्रालिले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पूर्वका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन र प्रचारात्मक अभियान अन्तर्गत धरानमा दोस्रो इस्ट टुरिजम मार्ट सञ्चालन भएको थियो । काठमाडौं, पोखरा, चितवनमा मात्रै आकर्षित पर्यटकलाई पूर्वका गन्तव्यमा ल्याउन सकिने सम्भावना बढेको छ । पूर्वी नेपालको पनि गन्तव्य खोजिरहेका विदेशी पर्यटकहरूका लागि धरानलाई हब बनाएर पर्यटनको ठूलो सम्भावना रहेको विदेशी पर्यटन व्यवसायी बताउँछन् ।

नेपाली पर्यटन व्यवसायीसँग भारत, भूटान, बंगलादेशका पर्यटन व्यवसायीबीचको बिजनेश टु बिजनेश कार्यक्रमले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न टेवा पुगेको भारतीय पर्यटन व्यवसायी टी चक्रवर्तीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)