ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंमा ‘थाई फेस्टिबल २०१९’ आयोजना हुँदै

Sep 26, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असोज ९, काठमाडौं । रोयल थाई एम्बेसीको आयोजनामा काठमाडौंमा तेस्रो पटक ‘थाई फेस्टिबल २०१९’ आयोजना हुने भएको छ । यही शनिवार बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म लाजिम्पाटस्थित सांग्रिला होटलमा फेस्टिबल आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

महोत्सवबारे जानकारी दिन बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्स्कुलले नेपाल–थाइल्याण्ड कुटनीतिक सम्बन्ध ६० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको बताए । उनले थाइल्याण्डका विभिन्न परिकार, संस्कृति, उत्पादन र पर्यटनको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए ।

राजदूत तान्स्कुलले भने, ‘नेपालमा आयोजना हुने यो महोत्सव तेस्रो हो, हरेक वर्ष यस्तो महोत्सव आयोजना गर्ने गरेका छौं । महोत्सवमा थाइल्याण्डमा उत्पादन भएका विभिन्न उत्पादन, त्यहाँको संस्कृति र पर्यटनका बारेमा जानकारी पाउन सकिन्छ । महोत्सवले गर्दा दुई देशबीचको सम्बन्ध अझ मजबुत हुनेमा म विश्वस्त छु ।’

फेसिटवलमा ४० भन्दा बढी स्टल रहने महोत्सवका संयोजक सरोज रन्जितले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)