ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बर्दिया राष्ट्रिय निकुञ्ज : ४ वर्षमा ४४ हजार विदेशी पर्यटक 

Oct 4, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar भक्तबहादुर शाही

नेपालगञ्ज । पर्यटन मन्त्रालयले २०१९ मा सार्वजनिक गरेको तथ्यांक अनुसार ४ वर्षको अवधिमा बर्दिया राष्ट्रिय निकुञ्ज ४४ हजार १६६ विदेशी पर्यटकले भ्रमण गरेका छन् । नेपाल पर्यटन तथ्यांक २०१८ अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म उक्त संख्याका विदेशी पर्यटक निकुञ्जमा भित्रिएका हुन् । 

तथ्यांकअनुसार आव २०७१/७२ मा १३ हजार २०७, आव २०७२/७३ मा १३ हजार ५४८, आव २०७३/७४ मा १० हजार ६३८ र आव २०७४/७५ मा ६ हजार ७७३ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरे । यहाँ आउने आन्तरिक पर्यटकको संख्या पनि उल्लेख्य रहेको निकुञ्जका अधिकारीको भनाइ छ ।

करीब ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा छ । सन् १९६८ मा शाही शिकार आरक्षका रूपमा स्थापित निकुञ्जलाई सन् १९८२ मा शाही बर्दिया वन्यजन्तु आरक्ष नामांकन गरिएको थियो । सन् १९८४ मा बबई नदी आसपासको क्षेत्रलाई पनि यसमा समेटिएको थियो । सन् १९८८ मा बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा यो क्षेत्र घोषणा भएको हो । उक्त निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य बाघ तथा यसको शिकारको संरक्षण भए पनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता लोपोन्मुख वन्यजन्तु पनि यसमा संरक्षित छन् । 

बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरी होटल क्षेत्रमा लगानी गर्ने क्रम पनि दिनानुदिन बढिरहेको छ । हाल होटल सेन्ट्रल प्लाजाले निकुञ्जनजीकै भव्य रिर्सोट निर्माण गरिरहेको छ । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा पर्यटक भित्र्याउन निकुञ्जमा अझै धेरै काम गर्न बाँकी रहेको सरोकारवालाको भनाइ छ । धेरै पर्यटक भिœयाउन हवाई भाडा कम गर्न सरोकारवाला निकायका अगुवाले सुझाव दिँदै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [2]
User Image

siraj khan

[Oct 4, 2019 10:22am]

galat tathaynk 62 hajar kasari pugyo jodnus ek patak feri


User Image

siraj khan

[Oct 4, 2019 10:21am]

तथ्यांकअनुसार आव २०७१/७२ मा १३ हजार २०७, आव २०७२/७३ मा १३ हजार ५४८, आव २०७३/७४ मा १० हजार ६३८ र आव २०७४/७५ मा ६ हजार ७७३ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरे । galat tathyank jodnus kasari pugcha 62 hajar hawataal ma lekhne



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)