ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कतारबाट फर्केर व्यावसायिक फूलखेती

Oct 14, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी


दाङ । रोजगारीका क्रममा कतारमा ७ वर्ष बिताएका दाङका एक युवाले व्यावसायिक फूलखेतीबाट स्वदेशमै राम्रो आम्दानी गर्न थालेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका–१४ झिंग्रौराका लोकेन्द्र रोकामगरले विदेशबाट फर्किएर व्यावसायिक फूलखेती थालेका हुन् । 

जिल्लामै पहिलोपटक फूलखेती शुरू गरेका रानामगरलाई अहिले तिहार लगायत पर्व नजिकिँदै गर्दा माग धान्न धौधौ परेको छ । दशैंतिहार लगायत ठूला चाड र अन्य बेलामा पनि फूलको माग देखेका उनले १२ कठ्ठा जग्गा भाडामा लिएर ‘जलजला पुष्प खेती’ शुरू गरेका थिए । 

उनले हाल अफ्रिकन मेरीगोल्ड जातको सयपत्री फूल उत्पादन गर्दै आएका छन् । उनले अन्य विभिन्न जातका फूल उत्पादन गर्न जग्गा व्यवस्थापन लगायत अन्य तयारी पनि थालिसकेका छन् । ‘दाङमा व्यावसायिक फूलखेती कतै थिएन, दाङबाहिर यस्तो खेती देखेकै आधारमा यहाँको मागलाई ध्यानमा राखी मैले यसको खेती शुरू गरेको हुँ’, उनले भने, ‘अहिले आम्दानी राम्रै छ, अब अन्य फूलको खेती पनि चाँडै शुरू गर्ने तयारीमा छु । १८ कट्ठा जग्गा भाडामा लिने सम्झौता भइसकेको छ ।’

घोराही बजार नजीकै भएकाले लोकेन्द्रलाई बजारको समस्या छैन । ‘सँधैजसो फूलको माग आएकै छ, बजारको समस्या छैन’, उनले भने, ‘बरु मागभन्दा उत्पादन नै कम छ ।’ 

विगतमा तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने उनले यस वर्षदेखि बाह्रै महीना फूल उत्पादन शुरू गरेका छन् । गत वर्ष २६ कट्टामा सयपत्रीको व्यावसायिक खेती गरेका उनले १ लाख रुपैयाँ आम्दानी गरे । यो वर्ष रोगका कारण फूल उत्पादनमा कमी भए पनि आम्दानीमा कमी नहुने उनको अपेक्षा छ । 

उत्पादित फूलको माग जिल्लाबाहिर पनि छ । आफूले कैलालीसम्म फूलहरू पठाउने गरेको उनले बताए । 

उनले सयपत्रीको फूल प्रतिमाला १०० रुपैयाँमा विक्री गर्ने गरेका छन् । उनले आफ्नो व्यवसायमा अन्य ३ जनालाई रोजगारी पनि दिएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)