ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फूलको माग बढ्न थालेपछि किसान उत्साहित 

Oct 21, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी


चितवन । तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेपछि चितवनका फूलखेती किसान उत्साहित भएका छन् । चितवन लगायत अन्य जिल्लाबाट पनि फूलको अर्डर आउन थालेपछि उनीहरू उत्साहित भएका हुन् ।

अन्य समयमा भन्दा तिहारका बेला फूलको माग अत्यधिक हुने हुँदा आफूहरू अहिले अर्डर लिन र फूल टिप्न व्यस्त भएको किसानहरू बताउँछन् । 
भरतपुर महानगरपालिका–११ का शुभम् नर्सरीका सञ्चालक शंकर तिवारी एक हप्तादेखि नै जिल्ला लगायत अन्य ठाउँबाट समेत फूलको माग आउन थालेको बताउँछन् । तिहारलाई नै लक्षित गरेर उनले नर्सरी बनाएर ४ कठ्ठा क्षेत्रफलमा फूलखेती गरेका छन । ‘अन्य समयमा सयपत्रीसँगै कटफ्लावर फूल विक्री हुन्थ्यो’, उनले भने, ‘अहिले सयपत्रीको डिमान्ड बढी छ ।’ 

केही वर्षअघिसम्म घरायसी प्रयोजनका लागि मात्र सयपत्री मखमली फूल लगाउने गरे पनि अहिले चितवनमा व्यवसायिक सामूहिक एवम् व्यक्तिगत फूलखेती गर्नेको संख्या बढ्दो छ । भरतपुर महानगरपालिका–७ उज्वल टोलमा समूहले सयपत्री फूलखेती गर्दै आएको छ । समुहकी सदस्य शान्ति न्यौपाने आफूले समूहमा र व्यक्तिगत रूपमै पनि फूलखेती गरेको बताउँछिन् । ‘पहिले समूहमार्फत फूलखेती गरेका थियांै’, उनले भनिन्, अहिले माग बढ्दै गएपछि आफैले पनि लगाएकी छु ।’ शुरूमा जिल्लामा मात्र सयपत्री फूलको खपत भए पनि पछिल्लो समय हेटौंडा, नेपालगञ्जबाट अर्डर आउन थालेको उनले बताइन् । माग बढेका कारण तिहार लगायतका चाडबाडमा फूलको माग पुर्‍याउन नसकिएको किसानहरू बताउँछन् । 

रत्ननगर नगरपालिका–११ जिरौनाका टंक पौडेलको नर्सरीमा पनि सयपत्री फूल ढपक्कै फुलेको छ । तिहारअगावै अर्डर आउन थालेपछि आफू अर्डर लिन व्यस्त भएको उनले बताए । उनले अहिले फूलको उत्पादन र बजार दुवै राम्रो भएको जानकारी दिए । 

फ्लोरिकल्चर एशोसियन, चितवनका प्रकाश पन्त पनि तिहार आउनुभन्दा अगाडि नै फूलमालाको अर्डर आएको बताउँछन् । गत वर्ष चितवनमा ४० हजार माला उत्पादन भएको थियो । यसपटक मालाको उत्पादन बढ्ने उनको अनुमान छ । ‘उत्पादन पनि बढेको छ, किसान पनि बढेका छन्’, उनले भने, ‘तर माग पु¥याउन सकिएको छैन ।’ उनका अनुसार व्यवसायिक रूपमा चितवनमा यसपटक  ६० हजार भन्दा बढी माला उत्पादन हुनेछ । ‘यस वर्ष यहाँका लागि १० प्रतिशत माला मात्र बाहिरबाट मगाउनुपर्ने उनको अनुमान छ । 

एशोसियनले दिएको जानकारी अनुसार चितवनमा ३० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक फूल खेती हुँदै आएको छ । व्यावसायिक फूलखेती गर्नेको संख्या ४० को हाराहारीमा छ भने फूलको नर्सरी र गार्डेनिङ गर्नेको संख्या लगभग २० छ । चितवनमा बुकी फूल, कटफ्लावर ,रोज र ग्याडोलस जस्ता मौसमी फूलको व्यवसायिक खेती पनि हुँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)