ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमाखलाई धान जोन बनाइँदै

Oct 22, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन


सल्यान । सल्यानको कुमाख गाउँपालिकालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा धान जोनका रूपमा विकास गरिने भएको छ । धान जोन कार्यक्रम अन्तर्गत पहिलो चरणमा ६०० हेक्टरमा धान लगाइएको छ । 

गाउँपालिकाको जिमाली खोलाबाट रागेचौर फाँट हुँदै भेरी नदीसम्मको क्षेत्रलाई धान जोनका रूपमा विकास गर्न लागिएको हो । यस्तै दोस्रो चरणमा बस्नेतज्युलाको १०० हेक्टर धान जोनमा समावेश गरिनेछ । जिल्लामा सबैभन्दा बढी धान कुमाख गाउँपालिकामा उत्पादन हुन्छ ।

गाउँपालिकाको मर्मपरिकाँडा, कालागाउँ, बडागाउँ, जिमाली र स्विकोट बेंसी धानखेतीका लागि उपयुक्त रहेको गाउपालिकाकी अध्यक्ष दिलमाया बुढामगरले बताइन् । किसानलाई खेतीदेखि बजारीकरणसम्म सहयोग गर्नेगरी जोनको रूपमा विकास गर्न लागिएको उनको भनाइ छ । 

जिल्लामा ७ हजार ३३४ हेक्टर खेतीयोग्य र सिँचाइ सुविधासहितको जग्गा छ । जसमध्ये ४ हजार ७९८ हेक्टरमा वर्षभरि र २ हजार ५४५ हेक्टरमा मौसमी सिँचाइ सुविधा छ । जिल्लामा प्रतिहेक्टर ४ मेट्रिक धान उत्पादन हुने कृषि विकास कार्यालय सल्यानले उल्लेख गरेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार कुमाखमा उत्पादन गरिएको अर्गानिक धान जिल्लाबाहिर पठाउने योजना छ । जसका लागि परियोजनाले प्राविधिक सहयोग गर्छ । साथै उक्त कार्यक्रमका लागि यो वर्ष ७० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष बुढामगरको भनाइ छ । उनले कृषिलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउन किसानलाई खेतीदेखि बजारीकरणसम्म सहयोग गर्ने जानकारी दिइन् । 

त्यस्तै, गाउँपालिकालाई धानसँगै फलफूल र नगदेबालीमा पनि आत्मनिर्भर बनाउने योजना छ । गाउँपालिकाभित्र वडा नम्बर १ को स्विकोटलाई सुन्तला, वडा ६ को थापाचौरलाई आँप र भुँइकटहर, १ र ४ लाई अदुवा, बेसार र बदामको पकेट क्षेत्रका रूपमा विकास गर्नेगरी योजना बनाइएको छ । 

त्यस्तै वडा ५ को कौछेलाई तरकारी र वडा ६ को बडागाउँलाई अलंैची पकेट क्षेत्र बनाउन लागिएको छ । कृषकलाई गाउँमै आत्मनिर्भर बनाउन पकेट क्षेत्रको अवधारणा अगाडि सारिएको गाउँपालिकाले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)