ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्जा प्रवाह वृद्धिदर १६%, लक्ष्य भने २१%

Nov 10, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जाको विस्तार गत आर्थिक वर्ष २०७५/७६ को भदौ मसान्तको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १६ प्रतिशत वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको दुईमहीने आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले यस्तो वृद्धि देखाएको हो । राष्ट्र बैंकको मौद्रिक नीतिले कर्जा प्रवाह गत आवको तुलनामा वार्षिक २१ प्रतिशत बढाउने लक्ष्य लिएको छ ।

उक्त दरमा कर्जा प्रवाह बढाउने लक्ष्य रहेकोमा २ महीना अवधिमै १६ प्रतिशत बढ्नु उत्साहजनक भएको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ पर्शुराम कुँवरले बताए । ‘यही गतिमा कर्जाको वृद्धिदर बढ्दै गए चालू आवको अन्त्यसम्ममा निर्धारित लक्ष्य हासिल गर्न सकिन्छ,’ उनले भने । कर्जा प्रवाहका लागि बैंकमा यथेष्ट पूँजी नहुँदा माग बमोजिम दिन नसकिएको गुनासो बैंकरहरूले गर्दै आएका छन् । बैंकहरूले माग अनुसार कर्जा प्रवाह गर्न सके मौद्रिक नीतिले तोकेको लक्ष्य छिट्टै हासिल
हुने देखिन्छ ।

आर्थिक वर्ष २०७५/७६ को भदौ मसान्तसम्ममा कर्जा विस्तारको वृद्धिदर १९ प्रतिशत थियो । गत आवमा उक्त वृद्धिदर बढेको देखिए पनि चालू आवमा प्रवाहित कर्जाको आकार भने बढी रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । चालू आवको दोस्रो महीनामा कुल कर्जा प्रवाह बढेर २९ खर्ब ७६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा २४ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ थियो ।

मुलुक संघीय संरचनामा गएसँगै विकास निर्माण समेत बढ्दै छ । गत आवको भदौ मसान्तको तुलनामा चालू आवको यही अवधिमा निर्माण क्षेत्रमा मात्र १५ प्रतिशत कर्जा प्रवाह बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । निर्माण क्षेत्रमा अझै कर्जा बढ्ने संकेत देखिएको सीईओ कुँवरले बताए । उनका अनुसार पछिल्लो समय निर्माण सम्बन्धी धेरै टेन्डर आह्वान गरिएकाले कर्जाको माग बढ्ने देखिएको छ ।

समग्रमा क्षेत्रगत कर्जा विस्तारमा सुधार आएको छ । कृषि, खनिज, थोक तथा खुद्रा विक्रेता, वित्त, बीमा तथा अचल सम्पत्ति लगायतको कर्जा विस्तार पनि बढेको छ । चालू आवको दोस्रो महीनासम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा कृषि क्षेत्रतर्फ १ दशमलव १ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ३ दशमलव २ प्रतिशत, निर्माण क्षेत्रतर्फ ३ दशमलव २ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ कर्जा २ दशमलव ८ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फ ३ दशमलव ८ प्रतिशत बढेको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा २ दशमलव ५ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जाको वृद्धिदर २ प्रतिशत थियो । वार्षिक विन्दुगत आधारमा चालू आवको भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २० प्रतिशत बढेको छ ।

यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ४ दशमलव ५ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा १० दशमलव २ प्रतिशत, डिमान्ड तथा चालू पूँजी कर्जा २ दशमलव ४ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १ दशमलव ८ प्रतिशत र हायर पर्चेज कर्जा १ दशमलव ३ प्रतिशत बढेको छ भने ओभरड्राफ्ट कर्जा शून्य दशमलव ८ प्रतिशत तथा मार्जिन प्रकृतिको कर्जा १ दशमलव ४ प्रतिशत घटेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

किरण ताम्राकार

[Nov 13, 2019 12:31pm]

नेपाल रास्त्र बैंक बात कर्जा लिन के के प्रक्रिया अपनाउनु पर्छ? घर कर्जा मा ब्याज कति लाग्छ होला?



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)