ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३३ लघुवित्त कम्पनीले गरे लाभांश प्रस्ताव, अधिकांश कम्पनीको लाभांश बढ्यो

Nov 11, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम जारी छ । लाभांश घोषणा गर्नेमा सबैभन्दा बढी लघुवित्त कम्पनीहरू छन् । आइतवारसम्ममा ३३ लघुवित्त कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । प्रस्तावित लाभांश हेर्दा गतवर्षको तुलनामा यस वर्ष अधिकांश कम्पनीको लाभांश बढेको देखिन्छ । राष्ट्र बैंकको निर्देशन अनुसार पूँजी

वृद्धिका लागि कम्पनीहरूले लाभांश बढाएका हुन् । राष्ट्रिय स्तरको लघुवित्त कम्पनीलाई रू. १० करोड, क्षेत्रीय स्तरलाई रू. ६ करोड, ४ देखि १० जिल्लाको लागि रू. २ करोड, १ देखि ३ जिल्लाको लागि रू. १ करोड र थोक कर्जा प्रदान गर्दै आएका लघुवित्त कम्पनीलाई रू. ६० करोड पु¥याउन निर्देशन दिएको थियो ।

यस वर्ष मिर्मिरे माइक्रोफाइनान्सले सबैभन्दा बढी ४७ दशमलव ३६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ४५ प्रतिशत बोनस शेयर र २ दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

गतवर्ष कम्पनीले २४ प्रतिशत बोनस शेयर र १ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सूर्योदय लघुवित्त वित्तीय संस्थाले ४६ दशमलव ८१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उसले ४४ दशमलव ४७ प्रतिशत बोनस शेयर र २ दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गतवर्ष ४२ दशमलव ७५ प्रतिशत बोनस शेयर र २ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीहरूले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)