ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लघुवित्तले फेरिएको जीवन

Nov 14, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । दाङको लमही नगरपालिका वडा नं. ८ गिद्धनियाकी गीता चौधरीलाई विगतको कहालीलाग्दो आर्थिक कठिनाइ सम्झदा मन झसंग भएर आउँछ । गरीबीका कारण लाउनखानकै समस्या त्यसैमा श्रीमान् सीकलसेलको बिरामी भएकोले त्यसबेला उनलाई दैनिक छाक टार्न समेत धौधौ थियो । आठ वर्षअघि लाउनखानकै लागि ठूलो संघर्ष गरेकी गीताको जीवन आजभोलि फेरिएको छ । 

गीतालाई न कसैले रुपैयाँ सहयोग गरेको हो न त ठूलो राशिको चिट्ठा नै परेको हो । उनको जीवन परिवर्तन दाङकै ग्रामीण महिला उत्थान केन्द्र नामक लघुवित्त संस्थाले दिएको ऋणबाट भएको हो । आठ वर्षपहिले शुरूमा ८ हजार रुपैयाँ ऋण लिएकी गीताले घरमै सानो किराना पसल गरिन् । आत्मविश्वासका साथ परिश्रम गरेर त्यसैबाट आर्थिक उपार्जन शुरू गरिन् । 

‘जब मेरो आर्थिक अवस्था कमजोर थियो, श्रीमान् सीकलसेलको बिरामी हुनुहुन्थ्यो त्यो बेला कसैले सहयोग गरेनन्’, उनले भनिन्, ‘गाउँघरमा पैसा सापटी माग्न जाँदा समेत छिमेकीले ढोका थुनेर बस्थे ।’ त्यतिमात्रै होइन आफ्नै पाखुरा बजाएर खान्छु भन्दा पनि काम समेत गाउँँलेले दिँदैनथे । तर अहिले उनका ती दिन फेरिएका छन् । लघुवित्तबाट लिएको ८ हजार रुपैयाँ ऋणबाट किराना पसल शुरू गरेकी चौधरीले अहिले २ हजार ब्रोइलर कुखुरा, ३० ओटा बंगुर, २५० हाँस, १५ कट्ठा जग्गामा व्यावसायिक खुर्सानी खेती गरेकी छिन् । उनले एक जनालाई मासिक रू. १० हजार पारिश्रमिक दिएर रोजगार समेत दिएकी छिन् । 

हाल उनले व्यवसायबाट वार्षिक रू. १० लाखभन्दा बढी आम्दानी गर्छिन् । व्यवसाय मात्रै होइन यसबाटै गरेको आम्दानीले उनले ४ कट्ठा ११ घुर जग्गा समेत किनेकी छन् । उनी भन्छिन्, ‘गरे के हुँदो रहेनछ र पहिले गाउँघरमा ५०० रुपैयाँ पत्याउँदैनथे तर अहिले केही काम परेमा मलाई सहयोगी बनाउँछन्, खुसी लाग्छ ।’

त्यस्तै, ग्रामीण महिला उत्थान केन्द्रबाटै सञ्चालित लघुवित्त कार्यक्रमबाटै लिएको सस्तो कर्जाले घोराही उपमहानगरपालिका १८ की गीता बुढाले पनि व्यावसायिक टमाटर खेती गरी राम्रो आम्दानी गरेकी छन् । शुरूमा १३ कट्ठा जग्गा भाडामा लिएर टमाटर खेती गरेकी उनले हाल ३ बिघा जग्गामा टमाटर खेती गरिरहेकी छिन् । बुढाले ३ बिघा क्षेत्रफलमा लगाएको व्यावसायिक टमाटर खेतीबाट वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्छिन् । 

यी दुई गीता त उदाहरण मात्रै हुन् । उत्थान केन्द्रको लघुवित्त कार्यक्रमबाट दाङमा धेरै महिलाको जीवनमा आर्थिक रूपान्तरण ाएको छ । संस्थाले रू. ३ लाखसम्म विनाधितो आफूले गठन गरेको समूहका सदस्यलाई कर्जा लगानी गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)