ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुम पूर्वमा इन्जिनीयरिङ पढाइ हुँदै

Nov 21, 2019  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पूर्वमै पहिलोपटक इन्जिनीयरिङ विषयको पढाइ हुने भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–३ स्थित जनता मावि, पोखराले इन्जिनीयरिङको पढाइ सञ्चालन गर्न लागेको हो । यसका लागि विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)बाट अनुमति पाएको छ । विद्यालयले तीनवर्षे सिभिल ओभरसियरको पढाइ सञ्चालनका लागि प्रक्रिया शुरू गरेको विद्यालयका प्रधानाध्यापक कालु खड्काले बताए ।

‘लामो प्रयासपछि विद्यालयमा इन्जिनीयरिङको पढाइ सञ्चालनको अनुमति पाउन सफल भएका छौं,’ प्रअ खड्काले भने, ‘अब सिभिल ओभरसियर अध्ययनका लागि विद्यार्थीहरू जिल्लाबाहिर जानुपर्नेछैन ।’ जिल्लाका केही विद्यालयले प्राविधिक धारतर्फका विभिन्न विषयमा पढाइ शुरू गरे पनि इन्जिनीयरिङको पढाइ हुन सकेको थिएन । जिल्लामा तीन स्थानीय तह रहेकामा तीनओटै स्थानीय तहका विद्यार्थीले आवेदन दिएको उनले बताए ।

तीनवर्षे सिभिल ओभरसियरको पढाइ सञ्चालन गर्ने अनुमति पाएपछि विद्यालयले व्यवस्थापनको कामलाई तीव्ररूपमा अघि बढाएको छ । विद्यालयका अनुसार पठनपाठनका लागि आवश्यक प्रयोगशाला तथा अन्य व्यवस्थापनको काम पूरा भइसकेको छ । इन्जिनीयरिङ अध्ययनका लागि अहिलेसम्म करीब २० लाख जुटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम लामिछानेले बताए । पठनपाठनका लागि शिक्षकको व्यवस्था भइसकेको प्रअ खड्काले जानकारी दिए ।

जिल्लामै इन्जिनीयरिङ पढाइ हुने भएपछि अब यस क्षेत्रका विद्यार्थी यो विषय पढ्न बाहिरी जिल्ला जानुपर्ने बाध्यता हट्ने भएको छ । यसबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थी समेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)