ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२१ विकास बैंकको नाफा १६% बढ्यो

मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढी

Nov 24, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । चालू आवको पहिलो त्रैमासमा २१ विकास बैंकको नाफा १६ प्रतिशत बढेको छ । उक्त अवधिमा बैंकहरूले रू. १ अर्ब ४९ करोड नाफा कमाएका हुन् । यो नाफा गत आवको पहिलो त्रैमासमा रू. १ अर्ब २८ करोड थियो ।  

पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी रू. २२ करोड ८७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासमा तुलनामा ५ प्रतिशत बढी हो । बैंकले सो अवधिमा रू. २१ करोड ७३ लाख नाफा कमाएको थियो । नाफा धेरै कमाउने दोस्रो र तेस्रो कम्पनीमा क्रमशः गरिमा विकास बैंक र कैलाश विकास बैंक छन् ।

२१ विकास बैंकको प्रकाशित वित्तीय विवरण अनुसार चार बैंकको नाफा घटेको छ भने बाँकी १७ बैंकको नाफा बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको नाफा घटेको हो । चालू आवको पहिलो त्रैमासमा सहारा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा बैंकको नाफा रू. १ लाख ४८ हजार ऋणात्मक रहेकोमा चालू आवको पहिलो त्रैमासमा बैंकले रू. २४ लाख नाफा कमाएको हो । 

प्रतिशेयर आम्दानीमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको रू. २९ दशमलव ८६ छ । प्रतिशेयर आम्दानीले कम्पनीले शेयरबाट कति आम्दानी कमाएको छ भन्ने तथ्य निकाल्छ । यो रेशियो बढी आएमा कम्पनी राम्रो नाफा कमाउनेमा गनिन्छ । तर रेशियो कम आएमा यसले कम्पनीको नाफा कमाउने क्षमता कमजोर रहेको बुझाउँछ । सोही कारण लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशेयर आम्दानी भएको कम्पनीमा लगानी गर्नु उचित देखिन्छ ।

तीन विकास बैंकको लाभांश प्रस्ताव
हालसम्म सहयोगी विकास बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकले लाभांश वितरणको प्रस्ताव गरेका छन् । गरिमाले १६ दशमलव १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि बैंकले मंसिर २७ गते साधारणसभा आयोजना गरेको छ । मुक्तिनाथ विकास बैंकले १७ दशमलव ६० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि बैंकले मंसिर ३० गते साधारणसभा अयोजना गरेको छ । सहयोगी विकास बैंकले १९ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Upasana khadka

[Nov 28, 2019 04:27am]

Mahalaxmi lay agm garisakiyako chai najarandaj vayana jasto xa........



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)