ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आईएमई–जनता मर्जरलाई अन्तिम स्वीकृति : मर्जपछि सबैभन्दा ठूलो बैंक बन्दै ग्लोबल आईएमई

Nov 28, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
मर्जरका लागि गत असार २० मा अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेपछि आदानपत्र गर्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशब बहादुर रायमाझी ।
author avatar ममता थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंक र जनता बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बुधवार बसेकोे बैठकले अन्तिम स्वीकृति दिएसँगै दुवै बैंकको मर्जर प्रक्रिया पूरा भएको छ । 

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला पनि ग्लोबल आईएमई र जनतालाई एकीकृत कारोबार गर्न बाटो खुलेको बताए । दुवै बैंक गाभिएर मंसिर २० गतेदेखि एकीकृत कारोबार शुरू हुने ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ । मर्जपछि ग्लोबल आईएमई चुक्तापूँजीका आधारमा नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंक हुनेछ । मर्जपछि बैंकको चुक्तापूँजी रू. १९ अर्ब पुग्नेछ ।  त्यस्तै, बैंकको शाखा देशको ७७ ओटै जिल्लामा पुग्ने र ग्राहक संख्या २० लाख पुग्ने बताइएको छ । 

यी दुवै बैंकले गत मंसिर ३ गते गत आर्थिक वर्षको साधारणसभा गरी बोनस शेयर र नगद लाभांश पारित गरिसकेका छन् । गत आवको नाफाबाट ग्लोबलले १२ दशमलव ७५ प्रतिशत बोनस र १२ दशमलव ७५ प्रतिशत नगद लाभांश दिएको छ । यस्तै, जनताले जनताले ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिएको छ ।

राष्ट्र बैंकले बिग मर्जरको चर्चा गरिरहँदा ग्लोबल आईएमई र जनता मर्जरमा जाने औपचारिक सहमति गर्ने पहिलो बैंक बनेका थिए । यी दुई बैंकबीच गत असार २० गते मर्जरमा जाने सहमति भएको थियो । सहमति अनुसार मर्जपछि बन्ने बैंकको नाम ग्लोबल आईएमई बैंक हुनेछ भने अध्यक्षमा ग्लोबल आइएमईका हाल अध्यक्ष चन्द्रप्रसाद ढकाल र सीईओमा जनताका सीईओ परशुराम कुँवर क्षेत्री हुनेछन् । ग्लोबल आईएमईका हालका कार्यवाहक सीईओ महेश शर्मा ढकाल भने वरिष्ठ डीसीईओ हुनेछन् । त्यस्तै, सञ्चालकमा समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ ।

केन्द्रीय बैंकले अन्तिम स्वीकृति दिए पनि पत्र भने हातमा नपरेको ग्लोवल आईएमई बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश शर्मा ढकाल बताउँछन् । यद्यपि, मर्जर समितिले भने एक साताभित्र एकीकृत कारोबार शुरू गर्ने तयारी गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)