ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना : ५ महीनामा करीब ३० प्रतिशत पेनस्टक जडान

Dec 3, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) को भर्टिकल साफ्टमा पेनस्टक जडान कार्य ५ महीनामा २९ दशमलव ६९ प्रतिशत सम्पन्न भएको छ । आइतवारसम्मा तल्लो भर्टिकल साफ्टमा १५० मिटर र माथिल्लोमा ५२ दशमलव ५ मिटर पेनस्टक जडान भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।

३७३ मिटर लामो तल्लो भर्टिकल साफ्टमा अस्ट्रियन कम्पनी एण्ड्रिजले असार १ गतेदेखि पेनस्टक राख्न शुरू गरेको थियो । भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनीयरिङले ३१० मिटर लामो माथिल्लो साफ्टमा असार १० गतेदेखि पेनस्टक जडान थालेको थियो । 

पेनस्टक जडान गर्दै जाँदा काम गर्न पनि सहज हुँदै जाने र कामको गति बढ्ने प्रवक्ता न्यौपानेको भनाइ छ । तर, टेक्सम्याकोको कामको गति हेर्दा चैतसम्ममा एक तिहाइ पनि काम हुने अवस्था देखिँदैन । ५ महीनामा ५२ मिटर पेनस्टक जडान गर्नेले करीब ४ महीनामा पूरा काम सक्ने कुनै आधार नरहेको आयोजनामा कार्यरत एक कर्मचारीले बताए ।

आयोजना निर्माणमा ढिलाइ हुने पक्का भएपछि ऊर्जासचिवको नेतृत्वमा टेक्सम्याकोका अधिकारीसँग बैठक बसेको थियो । बैठकमा पेनस्टक जडानमा गति दिन आग्रह गरिएपछि टेक्सम्याकोले अर्को प्राविधिक टोली पनि पठाउने आश्वासन दिएको बताइएको छ । तर टेक्सम्याकोका यस अघिका गतिविधि हेर्दा अर्को प्राविधिक टोली आएर काम नथालुन्जेल विश्वास गर्न नसकिने ती कर्मचारीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)