ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. २ करोड लगानीमा दुग्ध उद्योग सञ्चालन

Mar 5, 2020  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर महानगरपालिका–२२, पटिहानीमा २ करोड रुपैयाँ लगानीमा  दुग्ध उद्योग स्थापना भएको छ । पटिहानीस्थित गंगानगर दुग्ध उत्पादक सहकारीले सरकारी अनुदान रू. ८५ लाख र सहकारीको लगानी रू. १ करोड १५ लाख लगानीमा उक्त उद्योग स्थापना गरेको हो ।

सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले दूधलाई विविधीकरण गरी जिल्लामा नै खपत बढाउने उद्देश्यले दुग्ध उद्योग स्थापना गरेको बताए । ‘अहिले दैनिक ५ हजार लिटर दूध संकलन हुन्छ,’ उनले भने, ‘यसलाई विविधीकरण गर्दा यहीँ खपत बढाउन सकिन्छ ।’ उनका अनुसार अधिकांश दूध काठमाडौंमा पठाउने गरिएको छ भने उद्योग स्थापना गर्दा सबै दूधलाई चितवनमै खपत गर्न सकिन्छ । 

सहकारीले चैत मसान्तभित्र आफ्ना उत्पादन बजारमा लैजाने तयारी गरेको छ । यसअघि दूधमात्र संकलन गरेर विक्री गर्दै आएको संस्थाले अब गंगा ब्रान्डको पोलिसिल्ड प्याक दूध, दही, पनीर, नौनी आइसक्रिम लगायत उत्पादन गर्ने बताएको छ । 

२०४९ सालमा सहकारी विभागमा दर्ता भएको गंगानगर दूग्ध उत्पादक सहकारी चितवनका पुराना दुग्ध सहकारीमध्ये एक हो । हाल संस्थाले ४ बिगाह ३ कठ्ठा क्षेत्रफलमा नस्ल सुधार गरिएका ४० ओटा गाईभैंसी खरीद गरी नमुना पशुपालन फार्म तथा  स्रोत केन्द्र सञ्चालनमा ल्याएको छ । यसमध्ये २ बिगाह १३ कठ्ठा क्षेत्रफलमा विभिन्न प्रकारका घाँसको खेती गरिएको छ । 

सहकारीले गत आर्थिक वर्षमा १५ करोड रुपैयाँको आर्थिक कारोबार गरेको छ । चालू आर्थिक वर्षमा २० करोड रुपैयाँको आर्थिक कारोबार हुने सहकारीको अनुमान छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)